एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ ।
यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् । विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै 'मेरो स्कुल' र गेमिङ प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाइने एनसेलले जनाएको छ ।
'मेरो स्कुल' एक डिजिटल लर्निङ प्लेटफर्म हो, जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरू उपलब्ध छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो, जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।
पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउँछन्, अर्थात् ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने एनसेलले जनाएको छ ।
साथै यो सिम लिएका ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटासमेत पाउँछन् । एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् ।
सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपीसहित नजिकको एनसेल सेन्टरमा जानु पर्दछ । आवश्यक प्रमाणीकरणपछि सिम सक्रिय हुनेछ ।
एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ । यो सिमले विद्यार्थीहरूलाई आफ्ना साथीभाइ, परिवारसँग सधैं सम्पर्कमा रहेर बाहिरी संसारसँग जोडिरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
