नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिले संस्थागत नेतृत्वको निरन्तरताका लागि कुमारलाई नै आगामी कार्यकालको जिम्मेवारी दिने निर्णय गरेको हो।
सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि र फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ।
उनी फोनेपेको स्थापनाकालदेखि नै आवद्ध रहेका थिए र प्रमुख प्रविधि अधिकृतको रूपमा कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
हाल फोनेपेको सञ्जालमा दैनिक २५ लाखभन्दा बढी कारोबार र १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार मूल्य पुगेको छ।
प्रकाशित मिति:
बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
आइतबार, असार १४, २०८३
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
आइतबार, असार १४, २०८३
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
आइतबार, असार १४, २०८३
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
मंगलबार, जेठ १९, २०८३



-1782642321.png)