गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना सुरक्षा व्यवस्थापनका लागि दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मानकता प्राप्त आईएसओ प्रमाणपत्रहरू प्राप्त गरेको छ ।
बैंकले गुणस्तरीय बैंकिङ सेवाका लागि ’आईएसओ ९००१ः२०१५’ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापनका लागि ’आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र प्राप्त गरेको हो ।
यससँगै गरिमा विकास बैंक एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने नेपालका सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित एक कार्यक्रमका बिच विश्वव्यापी सर्टिफिकेटसन संस्था “इन्टरसर्ट” का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरे ।
प्रमाणपत्र ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले प्राप्त प्रमाणपत्रहरूले बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाका क्षेत्रमा थप प्रभावकारी रूपमा अगाडि बढ्न प्रोत्साहन मिलेको बताए । उनले आगामी दिनमा बैंकिङ सेवालाई अझ सुरक्षित र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालयहरूबाट करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। नयाँ मापदण्डहरू स्थापित गर्दै बैंकले नेपाली बैंकिङ क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
