गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना सुरक्षा व्यवस्थापनका लागि दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मानकता प्राप्त आईएसओ प्रमाणपत्रहरू प्राप्त गरेको छ ।
बैंकले गुणस्तरीय बैंकिङ सेवाका लागि ’आईएसओ ९००१ः२०१५’ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापनका लागि ’आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र प्राप्त गरेको हो ।
यससँगै गरिमा विकास बैंक एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने नेपालका सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित एक कार्यक्रमका बिच विश्वव्यापी सर्टिफिकेटसन संस्था “इन्टरसर्ट” का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरे ।
प्रमाणपत्र ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले प्राप्त प्रमाणपत्रहरूले बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाका क्षेत्रमा थप प्रभावकारी रूपमा अगाडि बढ्न प्रोत्साहन मिलेको बताए । उनले आगामी दिनमा बैंकिङ सेवालाई अझ सुरक्षित र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालयहरूबाट करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। नयाँ मापदण्डहरू स्थापित गर्दै बैंकले नेपाली बैंकिङ क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)