प्रविधि कम्पनी एप्पलले यस साता आफ्नो सबैभन्दा सस्तो ल्यापटप ‘म्याकबुक नियो’ (MacBook Neo) सार्वजनिक गरेको छ। ५९९ अमेरिकी डलर मूल्यबाट सुरु हुने यो ल्यापटप एप्पलको उत्पादन लाइनमा किफायती श्रेणीको नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको हो।
कम्पनीका अन्य ल्यापटपहरू म्याकबुक एयर र म्याकबुक प्रो क्रमशः हल्का तथा उच्च क्षमताका उपकरणका रूपमा चिनिन्छन्। तर म्याकबुक नियो भने मुख्यतः साधारण प्रयोगकर्ताका लागि किफायती मूल्यमा ल्यापटप उपलब्ध गराउने उद्देश्यले ल्याइएको बताइएको छ।
डिजाइनका हिसाबले पनि म्याकबुक नियो बजेट ल्यापटप जस्तो नदेखिने बताइएको छ। रंगीन एल्युमिनियम बडीसहित आउने यो ल्यापटपको तौल करिब २.७ पाउन्ड रहेको छ, जुन म्याकबुक एयर बराबर हो। यसमा १३ इन्चको स्क्रिन राखिएको छ, जसले तुलनात्मक रूपमा अन्य सस्तो ल्यापटपभन्दा उज्यालो र रंगीन प्रदर्शन दिने दाबी गरिएको छ।
ध्वनि गुणस्तरको हिसाबले पनि म्याकबुक नियोले समान मूल्यका अन्य ल्यापटपहरूलाई पछि पार्ने बताइएको छ। चलचित्र ट्रेलर चलाउँदा यसको स्पिकरले स्पष्ट संवाद र विस्तृत ध्वनि अनुभव प्रदान गरेको उल्लेख गरिएको छ।
प्रदर्शनतर्फ हेर्दा म्याकबुक नियोले Oceanhorn 3 जस्ता गेम सहज रूपमा चलाएको बताइएको छ। यद्यपि यो उच्च क्षमताको गेमिङ ल्यापटप भने होइन।
कनेक्टिभिटीका लागि यसमा दुईवटा यूएसबी–सी पोर्ट राखिएका छन्। साथै यसमा हेडफोन ज्याक पनि समावेश गरिएको छ, तर एप्पलका अन्य केही ल्यापटपमा जस्तै म्यागसेफ चार्जिङ पोर्ट भने राखिएको छैन।
विशेषताहरूका आधारमा ५९९ डलरको आधारभूत मोडेलमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज उपलब्ध हुनेछ। ६९९ डलरको मोडेलमा ५१२ जीबी स्टोरेज र टच आईडी सुविधा थप गरिनेछ, तर र्याम भने ८ जीबी नै रहने बताइएको छ।
केही प्रयोगकर्ताले यसको किबोर्ड केही कमजोर महसुस हुने तथा टचप्याड महँगो म्याकबुकहरूजस्तो बलियो नभएको अनुभव गरेको उल्लेख गरिएको छ।
यद्यपि विश्लेषकहरूका अनुसार म्याकबुक नियो एप्पलको सबैभन्दा सस्तो ल्यापटप भएकाले धेरै प्रयोगकर्तालाई म्याकओएस प्रयोग गर्ने प्रवेशद्वार बन्न सक्छ। विशेषगरी विद्यालय तथा शैक्षिक संस्थाका लागि क्रोमबुकको विकल्पका रूपमा पनि यो उपयोगी हुन सक्ने अनुमान गरिएको छ।
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट
घरदैलोमा सरकारी सेवा: राहदानी र लाइसेन्स अब नागरिकको घरमै
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म अब सबै डिजिटल
एआई एसोसिएसन नेपाल र टीजेएफबीच सहकार्यको सम्झौता
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
