नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनी (नास आइटी) र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच प्रविधि क्षेत्रको विकास, ज्ञान आदानप्रदान र सूचना प्रवाहलाई सुदृढ गर्ने उद्देश्यसहित सहकार्यको समझदारी भएको छ । बुधबार आयोजित कार्यक्रममा नास आइटीका अध्यक्ष गौरव राज पाण्डे र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार दुवै संस्थाले प्रविधि पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि संयुक्त रूपमा तालिम कार्यक्रम सञ्चालन गर्नेछन् । सफ्टवेयर विकास, सूचना प्रविधि सेवा, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, मेशिन लर्निङ, ब्लकचेन लगायतका विषयमा नास आइटीले टीजेएफका सदस्यलाई ज्ञान आदानप्रदान तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
टीजेएफले नास आइटी वा त्यसका सदस्य तथा प्रविधि विज्ञसँग सहकार्य गर्दै सूचना प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन, प्रवृत्ति र साइबर सुरक्षासम्बन्धी विषयमा सामग्री तयार गरी आफ्ना सदस्य सञ्चार माध्यममार्फत व्यापक रूपमा प्रसारण गर्नेछ ।
त्यसैगरी, आवश्यकताअनुसार कार्यशाला, गोष्ठी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता र अवलोकन भ्रमणका अवसर उपलब्ध गराउन दुवै पक्षले सहकार्य गर्ने सहमति भएको छ ।
सम्झौतामा प्रत्येक वर्ष सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कम्तीमा एक संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने व्यवस्था गरिएको छ । कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक व्यवस्थापन आपसी सहमतिमा तय गरिने उल्लेख छ ।
एक वर्षका लागि मान्य रहने उक्त समझदारी पत्र नेपालका कानुनअनुसार कार्यान्वयन हुनेछ । दुवै पक्षले आपसी सहमतिमा संशोधन गर्न सक्ने र विवाद उत्पन्न भएमा परामर्शमार्फत समाधान गर्ने प्रावधानसमेत राखिएको छ ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






