नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसर पारेर नेपाली बीमा बजारमा पहिलोपटक ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। ‘एकै योजना बहु-लाभ’ भन्ने नाराका साथ ल्याइएको यो योजना महिलाहरूको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार पारिएको हो।
यस योजनाको सबैभन्दा विशिष्ट पक्ष भनेको नेपाली बीमा क्षेत्रमै पहिलोपटक समावेश गरिएको गर्भावस्था स्याहार र गर्भावस्थाको जटिलता सम्बन्धी पूरक करार सुविधा हो। यस बीमा योजनाअन्तर्गत बीमित महिलाले हरेक वर्ष बीमालेखको वार्षिकोत्सवमा निश्चित नगद सुविधा प्राप्त गर्नेछन्।
साथै, यसमा 'वृद्धिशील मृत्यु लाभ' को व्यवस्था गरिएको छ, जसअनुसार बीमितको मृत्यु भएमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतका दरले वृद्धि हुँदै जान्छ। १८ वर्षदेखि ६५ वर्षसम्मका महिलाहरू सहभागी हुन सक्ने यस योजनाले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र सुरक्षित बनाउने लक्ष्य राखेको छ।
विशेषगरी मातृत्वलाई ध्यानमा राख्दै कम्पनीले गर्भावस्थाको समयमा हुने ११ वटा गम्भीर जटिलताहरूमध्ये कुनै एक पुष्टि भएमा १ लाख रुपैयाँ एकमुष्ट उपलब्ध गराउनेछ। यसैगरी, गर्भावस्था स्याहार सुविधाअन्तर्गत गर्भवती भएको प्रमाणित भएपछि स्वास्थ्य सेवाका लागि थप १० हजार रुपैयाँ प्रदान गरिनेछ।
न्यूनतम २ लाख ५० हजार रुपैयाँ बीमाङ्कबाट सुरु गर्न सकिने यो योजनामा दुर्घटना मृत्यु लाभ, पूर्ण अशक्तता सुविधा र बीमाशुल्क छुट जस्ता ऐच्छिक सुविधाहरू समेत उपलब्ध छन्।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
