नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसर पारेर नेपाली बीमा बजारमा पहिलोपटक ‘नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। ‘एकै योजना बहु-लाभ’ भन्ने नाराका साथ ल्याइएको यो योजना महिलाहरूको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर तयार पारिएको हो।
यस योजनाको सबैभन्दा विशिष्ट पक्ष भनेको नेपाली बीमा क्षेत्रमै पहिलोपटक समावेश गरिएको गर्भावस्था स्याहार र गर्भावस्थाको जटिलता सम्बन्धी पूरक करार सुविधा हो। यस बीमा योजनाअन्तर्गत बीमित महिलाले हरेक वर्ष बीमालेखको वार्षिकोत्सवमा निश्चित नगद सुविधा प्राप्त गर्नेछन्।
साथै, यसमा 'वृद्धिशील मृत्यु लाभ' को व्यवस्था गरिएको छ, जसअनुसार बीमितको मृत्यु भएमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतका दरले वृद्धि हुँदै जान्छ। १८ वर्षदेखि ६५ वर्षसम्मका महिलाहरू सहभागी हुन सक्ने यस योजनाले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर र सुरक्षित बनाउने लक्ष्य राखेको छ।
विशेषगरी मातृत्वलाई ध्यानमा राख्दै कम्पनीले गर्भावस्थाको समयमा हुने ११ वटा गम्भीर जटिलताहरूमध्ये कुनै एक पुष्टि भएमा १ लाख रुपैयाँ एकमुष्ट उपलब्ध गराउनेछ। यसैगरी, गर्भावस्था स्याहार सुविधाअन्तर्गत गर्भवती भएको प्रमाणित भएपछि स्वास्थ्य सेवाका लागि थप १० हजार रुपैयाँ प्रदान गरिनेछ।
न्यूनतम २ लाख ५० हजार रुपैयाँ बीमाङ्कबाट सुरु गर्न सकिने यो योजनामा दुर्घटना मृत्यु लाभ, पूर्ण अशक्तता सुविधा र बीमाशुल्क छुट जस्ता ऐच्छिक सुविधाहरू समेत उपलब्ध छन्।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
