ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना ल्याएको छ। बैंकले अध्ययन शुल्क, भिसा शुल्क र विभिन्न अनलाइन परीक्षाका लागि गरिने भुक्तानीमा लाग्ने सेवा शुल्कमा भारी कटौती गरेको हो।
यस योजना अन्तर्गत विद्यार्थीहरूले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई जस्ता परीक्षा शुल्कका साथै कलेज फि र बीमा शुल्क भुक्तानी गर्दा आधा मात्र सेवा शुल्क तिरे पुग्नेछ। बैंकले सार्वजनिक गरेको यो सहुलियतपूर्ण योजना आगामी जुलाई ३१, २०२६ सम्म लागू हुनेछ।
विद्यार्थी र अभिभावकको सहजताका लागि बैंकले आफ्ना ११७ वटा शाखाहरूबाट यो सेवा उपलब्ध गराएको छ। यो छुट सुविधा पाउने शाखाहरूको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको छ। '
प्रकाशित मिति:
शनिबार, फागुन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
शुक्रबार, कात्तिक १३, २०८३
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
मंगलबार, कात्तिक १०, २०८३
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
आइतबार, कात्तिक ८, २०८३
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
शुक्रबार, कात्तिक ६, २०८३
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
सोमबार, कात्तिक २, २०८३
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
सोमबार, कात्तिक २, २०८३
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
सोमबार, कात्तिक २, २०८३
ग्राहकको माग बढेपछि एनटी फाइबरका लागि अनलाइन पोर्टल सञ्चालनमा
आइतबार, कात्तिक १, २०८३
