पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्।
काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरेका हुन्। अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आइएमई प्रति ग्राहकहरूले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरे।
सो अवसरमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विदेशको श्रम बजारमा काम गरेर मात्र धन–सम्पत्ति होइन, स्वदेशमा सीप र अनुभव हस्तान्तरण गर्दै उद्यमी बन्ने युवाको सङ्ख्या बढ्दै गएको बताए ।
गत कार्तिकदेखि माघसम्म सञ्चालित ‘एस मनि ट्रान्सफरको खबर छ, खुसी नै खुसी’ योजना अन्तर्गत विदेशबाट एस मनि ट्रान्सफरमार्फत पैसा पठाउने सेवाग्राहीहरू यो लक्की ड्रमा समावेश थिए। यसै योजनाअन्तर्गत दुई जना भाग्यशाली सेवाग्राहीहरूले आई फोन १६ इ पनि प्राप्त गरिसकेका छन्।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)