ललितपुर, सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआईटीएम कार्निभल आयोजना हुँदैछ । युवा लक्षित यो विशेष कार्यक्रममा गीतसंगीतलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् ।
आयोजकका अनुसार कार्निभलमा गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वरको आकर्षक सांगितिक प्रस्तुतिहरु रहने छन् । उनीहरूको लाइभ कन्सर्टका सार्थ अन्य नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना हुनेछ ।
कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न रमाइला खेलहरु, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कारको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ । कार्यक्रममा एनसेलले आफ्नो युवा सिमको विषेश स्टल पनि रहने छ जहाँ आगन्तुकले यो विषेश सिमका साथै एकदिने अनलिमिटेड प्याकमा ५० प्रतिशत छुटको सुविधा पाउनेछन् ।
यो कार्निभलमा एनसेल प्रमुख प्रायोजक रहेको छ भने एक्ट्रिम इनर्जी ड्रिङ्क, ईसेवा, जेन्ट्स पार्क र औरालगायतका ब्राण्डहरुले सहयोग गरेका छन् । विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफरहरू पनि कार्निभलको आकर्षणका रुपमा रहनेछन् ।
एआईएमटी कलेजले यस कार्निभलमार्फत विद्यार्थी र युवाहरूलाई संगीत, उत्साह र अवसरको संगम एकै स्थानमा प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
