अमेरिका अवसरको देश मानिए पनि त्यहाँ पुगेका धेरै नेपाली आप्रवासीका लागि अंग्रेजी भाषा नै सबैभन्दा ठूलो अवरोध बनेको अनुभवपछि ललितपुरकी श्रद्धा खड्काले समाधान खोज्ने अभियान सुरु गरिन्।
सन् २०२२ मा उच्च शिक्षाका लागि अमेरिका पुगेकी श्रद्धा केही समय एक नेपाली परिवारसँग बसिन्। त्यहाँ उनले अंग्रेजी नआउँदा रोजगारी नपाएको, अस्पतालमा आफ्नो समस्या बुझाउन नसकेको, दुर्घटनापछि प्रहरीसँग कुरा गर्न नसकेको जस्ता घटनाहरू नजिकबाट देखिन्।
त्यसपछि उनले सामाजिक सञ्जालमार्फत अंग्रेजी सिकाउने प्रयास सुरु गरिन्। टिकटकमा पोस्ट गरिएको भिडियो भाइरल भएपछि सिक्न चाहनेहरूको सन्देश आउन थाले र उनले ५० दिने अभ्यास पुस्तक तयार गरी नियमित अनलाइन कक्षा सञ्चालन गरिन्।
तर विभिन्न समय–क्षेत्रका कारण सबैलाई एउटै समयमा सिकाउन कठिन भएपछि उनले प्रविधिमार्फत समाधान खोज्ने निर्णय गरिन्। श्रद्धा खड्का, कृष्ण खड्का र प्रशिद्धा थापाले मिलेर २०२४ अप्रिल/मेबाट एप विकास सुरु गरे र ३१ डिसेम्बर २०२४ मा ‘भाषा एप’ सार्वजनिक गरे।

एआई आधारित यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ, जसले प्रयोगकर्तालाई आफ्नै स्तर र गतिमा अंग्रेजी सिक्ने सुविधा दिन्छ। सार्वजनिक भएको छोटो समयमै एप १०० भन्दा बढी देशमा प्रयोग हुन थालेको छ। हालसम्म ५५ हजारभन्दा बढी डाउनलोड र ३ करोडभन्दा बढी लर्निङ इन्टर्याक्सन प्राप्त भइसकेका छन्।
यसैबीच एपले अमेरिकास्थित University of Texas at Arlington मा आयोजित ‘MavPitch’ प्रतिस्पर्धामा १५ हजार अमेरिकी डलर नगद पुरस्कार समेत जितेको छ।
संस्थापक श्रद्धाका अनुसार आगामी दिनमा एप नेपालीमा सीमित नराखी अन्य भाषी समुदायलाई लक्षित गर्दै थप भाषाहरू समावेश गर्ने तयारी गरिएको छ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






