नेपालका वित्तीय क्षेत्रका अनुभवी बैंकर उपेन्द्र पौड्याललाई एनआईबीएल इक्विटी पार्टनरको सल्लाहकार बोर्ड सदस्यमा नियुक्त गरिएको छ। संस्थाले दिगो तथा मूल्य–आधारित बैंकिङ रणनीतिलाई सुदृढ बनाउने लक्ष्यसहित पौड्याललाई बोर्डमा समावेश गरेको जनाएको छ।
करिब चार दशक लामो बैंकिङ अनुभव बोकेका पौड्यालले वाणिज्य बैंकिङ, लगानी बैंकिङ र दिगो वित्त क्षेत्रमा काम गर्दै नेपालको वित्तीय प्रणाली विकासमा महत्वपूर्ण योगदान दिएका छन्। उनले नियामक निकाय, वित्तीय संस्था तथा विकास साझेदारहरूसँग सहकार्य गर्दै बैंकिङ क्षेत्र सुदृढीकरणमा सक्रिय भूमिका खेलेका थिए। उनको योगदानको कदरस्वरूप नेपाल सरकारले ‘प्रबल जनसेवा श्री (चौथो)’ पदकबाट सम्मानित गरेको थियो।
पौड्याल यसअघि नबिल बैंकका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा १७ वर्ष कार्यरत थिए। उक्त अवधिमा उनले सुशासन, जोखिम व्यवस्थापन र दिगो बैंकिङ अभ्यासमा महत्वपूर्ण सुधार नेतृत्व गरेका थिए। साथै उनले आईएफसी, एफएमओ र इन्भेष्ट फर इम्प्याक्ट नेपालको सहयोगमा सञ्चालित वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ESG) सम्बन्धी क्षमता विकास कार्यक्रमहरूमा बैंकिङ विशेषज्ञको रूपमा योगदान दिएका थिए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवन्थ पाण्डेले पौड्यालको अनुभव र नेतृत्वले संस्थाको सुशासन, दिगोपन र नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे।
नियुक्तिपछि पौड्यालले नेपालमा निजी इक्विटी क्षेत्र निर्णायक मोडमा रहेको उल्लेख गर्दै संस्थाको आगामी विकास चरणमा योगदान गर्न पाउँदा उत्साहित भएको बताए। उनले बोर्ड र व्यवस्थापनसँग सहकार्य गर्दै समावेशी तथा सुदृढ निजी लगानी पारिस्थितिकी निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
हाल उनी ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजका एशिया–प्रशान्त क्षेत्रीय प्रतिनिधि तथा स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय अन्तर्गत दिगो व्यवसाय व्यवस्थापन स्नातकोत्तर डिप्लोमा कार्यक्रमको सल्लाहकार समिति अध्यक्षका रूपमा कार्यरत छन्।
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म अब सबै डिजिटल
एआई एसोसिएसन नेपाल र टीजेएफबीच सहकार्यको सम्झौता
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मोटिफ एजुकेसन २० वर्षतर्फ: १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग
यसरी लिन सकिन्छ निर्वाचन मतपरिणामको जानकारी
