विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यका साथ पुल्चोक क्याम्पसका विद्यार्थीहरूले नेतृत्व गरिरहेको संस्था पीडीएससी (Plan | Design | Solve | Create - PDSC) पुल्चोकले कृत्रिम बौद्धिकता (AI) तथा मेसिन लर्निङ (ML) सम्बन्धी तीनदिने कार्यशाला आयोजना गर्ने भएको छ।
उक्त कार्यशाला आगामी फेब्रुअरी ५, ६ र ८ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सञ्चालन हुनेछ। हरेक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म चल्ने कार्यक्रममा इन्जिनियरिङ विद्यार्थी, आईटी व्यवसायी तथा प्रविधिमा रुचि राख्ने युवा सहभागी हुन सक्नेछन्।
तीन दिनसम्म सञ्चालन हुने यस कार्यशालामा १०० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। कार्यशालाको पहिलो दिन कोर मेसिन लर्निङ र डेटा सोच (Data Thinking) सम्बन्धी विषय समेटिनेछ। दोस्रो दिन क्लासिकल मेसिन लर्निङ एल्गोरिदम र मोडेल सुधारमा केन्द्रित सत्र सञ्चालन हुनेछन् भने तेस्रो दिन डीप लर्निङ तथा आधुनिक एआई प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
पीडीएससी का अनुसार स्वास्थ्य, वित्त, शिक्षा, यातायात तथा मनोरञ्जनजस्ता क्षेत्रमा तीव्र रूपमा प्रभाव बढाइरहेका एआई तथा मेसिन लर्निङ प्रविधिबारे यस्ता कार्यशालाले विद्यार्थी र युवालाई उद्योगमैत्री सीप, व्यवहारिक अनुभव तथा विश्वव्यापी प्रविधि प्रवृत्तिबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यशालामा सहभागी हुन इच्छुकले बुधबारसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् । कार्यक्रम समापनपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनेछ।
पीडीएससी पुल्चोकले यसअघि पनि पाइथन अटोमेसन, ब्लकचेन, जाभास्क्रिप्ट क्र्यास कोर्ष, कोडजाम लगायतका विभिन्न प्राविधिक कार्यक्रम आयोजना गरिसकेको छ, जसमा ठूलो संख्यामा विद्यार्थीको सहभागिता रहँदै आएको छ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
