विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यका साथ पुल्चोक क्याम्पसका विद्यार्थीहरूले नेतृत्व गरिरहेको संस्था पीडीएससी (Plan | Design | Solve | Create - PDSC) पुल्चोकले कृत्रिम बौद्धिकता (AI) तथा मेसिन लर्निङ (ML) सम्बन्धी तीनदिने कार्यशाला आयोजना गर्ने भएको छ।
उक्त कार्यशाला आगामी फेब्रुअरी ५, ६ र ८ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सञ्चालन हुनेछ। हरेक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म चल्ने कार्यक्रममा इन्जिनियरिङ विद्यार्थी, आईटी व्यवसायी तथा प्रविधिमा रुचि राख्ने युवा सहभागी हुन सक्नेछन्।
तीन दिनसम्म सञ्चालन हुने यस कार्यशालामा १०० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। कार्यशालाको पहिलो दिन कोर मेसिन लर्निङ र डेटा सोच (Data Thinking) सम्बन्धी विषय समेटिनेछ। दोस्रो दिन क्लासिकल मेसिन लर्निङ एल्गोरिदम र मोडेल सुधारमा केन्द्रित सत्र सञ्चालन हुनेछन् भने तेस्रो दिन डीप लर्निङ तथा आधुनिक एआई प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
पीडीएससी का अनुसार स्वास्थ्य, वित्त, शिक्षा, यातायात तथा मनोरञ्जनजस्ता क्षेत्रमा तीव्र रूपमा प्रभाव बढाइरहेका एआई तथा मेसिन लर्निङ प्रविधिबारे यस्ता कार्यशालाले विद्यार्थी र युवालाई उद्योगमैत्री सीप, व्यवहारिक अनुभव तथा विश्वव्यापी प्रविधि प्रवृत्तिबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्नेछ।
कार्यशालामा सहभागी हुन इच्छुकले बुधबारसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् । कार्यक्रम समापनपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनेछ।
पीडीएससी पुल्चोकले यसअघि पनि पाइथन अटोमेसन, ब्लकचेन, जाभास्क्रिप्ट क्र्यास कोर्ष, कोडजाम लगायतका विभिन्न प्राविधिक कार्यक्रम आयोजना गरिसकेको छ, जसमा ठूलो संख्यामा विद्यार्थीको सहभागिता रहँदै आएको छ।
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने
मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, छुटसँगै उपहार जित्ने अवसर
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त

