हुन्डाई नेपालले सबै क्रेटा EV ग्राहकहरूलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ। यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ।
यस अपडेटपछि ग्राहकहरूले हालको रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्नेछ। यस नयाँ अपडेटले दैनिक आवागमन तथा यात्राका लागि क्रेटा EV प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्नेछ।
यस अपडेटलाई हुन्डाईको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसले गर्दा सबै क्रेटा EV ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्। हुन्डाई नेपाल आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नति गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ।
विश्वसनीय ब्रान्डका रूपमा परिचित हुन्डाई नेपाल, भरपर्दो आफ्टर–सेल्स सेवा सञ्जाल, ६३ भन्दा बढी Re-Lax Recharge Network तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टले सशक्त छ—जुन नेपालकै एक मात्र चारपांग्रे सवारी साधन एसेम्ब्ली प्लान्ट हो। यी सबै पक्षहरूले हुन्डाई नेपालको भरपर्दो सवारी अनुभव र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै आएको छ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)