नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा बलियो पहिचान बनाएको करेन्ट नुडल्स उत्पादक संस्था यसोदा फुड्स प्रा. लि. ले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा बानेश्वरस्थित कात्यायनी चोकमा आइतबारदेखि औपचारिक रूपमा खुला गरिएको हो।
भैरहवामा सञ्चालनमा रहेको पहिलो ‘करेन्ट मार्ट’ को सफलतासँगै ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले राजधानी काठमाडौंमा शाखा विस्तार गरेको जनाएको छ।
नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित करेन्ट मार्टको भव्य उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो। उद्घाटन समारोहमा डाइरेक्टर घिमिरेले करेन्ट मार्टको अवधारणा र उद्देश्यबारे सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसालको उपस्थिति रहेको थियो भने ग्राहक तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
नवनिर्मित करेन्ट मार्टमा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स उपलब्ध छन्। साथै, करेन्ट गोल्ड मसाला चिया, सीटीसी चिया तथा जिरा पाउडर, धनियाँ पाउडर, रातो खुर्सानी पाउडर जस्ता मसला सामग्री पनि बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले अब कात्यायनी चोकबाटै उपभोक्ताहरूले हाम्रा ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने बताए ।
यसअघि काठमाडौंको अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीलाई सेवा दिँदै आएको कम्पनीले नयाँ करेन्ट मार्टले प्याकेज्ड फुड खरिद गर्ने ग्राहकलाई थप सुविधा दिने विश्वास लिएको छ।
सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा. लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न स्वादका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्दै आएको छ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ। कम्पनीले आफ्ना उत्पादनहरू नेपालभरि तथा विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याइरहेको छ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)