नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर ल्याउने बताए ।
उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने बताए । ‘नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छाँै । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ,’उनले बताए ।
गुरुङ रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने बताए । ठूला उद्योगहरुलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिनेका उनको दाबी छ । ‘साामजिक सेवालाई गुणस्तरीय र राज्यलाई सेवामुखी बनाउन जोड दिएका छौँ भने समावेशी अर्थतन्त्र, वाताावरण मैत्री अर्थतन्त्र समेत घोषणा पत्रमा आउँछ,’उनले सुनाए ।
डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने भन्दै उनले । विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुनेखालको घोषण पत्रमा ल्याउने दाबी गरेका हुन् ।
युद्धअर्थतन्त्रबाट मुक्त हुन पर्छ
घोषणा पत्रमा कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिती भएको उनले बताए । उनले विश्व बजार युद्ध अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा भइरहेको भन्दै अर्थतन्त्र पश्चिम केन्द्रित भइरहेका बताए । ‘युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुनेगरी घोषण पत्र ल्याउँछौ । ’
‘संविधान क्रियाशिल छैन, सरकार निर्दलीय’
नेता गुरुङले अहिले देशमा संविधान क्रियाशिल नभएको भन्दै जेनजीको नाममा निर्दलिय सरकार रहेको बताए । निर्वाचनको निष्पक्षतामा शंका गर्दै उनले भने ‘ दलहरु पर्यवेक्षकको रुपमा मात्रै छन् । दलीय प्रणाली पूर्ण क्रियाशिल छ की छैन यो बहसमै छ । निष्पक्ष स्वतन्त्र ढंगले निर्वाचन भए दलहरु पुनःस्थापित भए मान्न सकिन्छ । तर निर्वाचनबाट प्रोक्सी दलहरु आउने त होइन भन्ने शंका छ ।’
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
