राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन पछिको मूख्य माग नै रोजगार भएको भन्दै सबैभन्दा पहिले त्यसमै केन्द्रित हुने बताए । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै खनालले रोजगार सिर्जना गर्न निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने बताए ।
रास्वपाको आफ्नो प्रस्तावाना अर्थतन्त्रका दृष्टिकोण राखिसकेको भन्दै उनले उदार अर्थतन्त्रमा विश्वास गर्दै तर त्यसमा सामाजिक न्यायको अवधारणा ल्याएको बताए । उनले पर्यटन क्षेत्र विकास गर्न कनेक्टीभिटी राम्रो बनाउनुपर्ने बताए ।
रास्वपाले टेक्नोलोजी र हाइड्रो पनि प्राथमिकता दिएर आर्थिक विकास गर्ने भन्दै उनले भने ‘हामीले सम्मानजनक मध्यम आय मुलुक भएको अबको १० वर्षको लक्ष्य राखेका छौ ।’ मध्यम परिवार लक्षित गरेर सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए ।
उनले सुशासन विना अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै नियामक निकायमा हस्तक्षेप र नियुक्तीमा पारदर्शीता ढंगले काम गर्नुपर्ने बताए । नेता खनालले पूर्वाधार क्षेत्रमा ठूलो लगानी हुनुपर्छ तर त्यो फोकस गरेर लगानी गर्नुपर्ने भन्दै आगामी १० वर्ष भित्र३० हजार मेगावट विजुली उत्पादन गर्ने लक्ष्य राखेका बताए । उनले विदेशमा भएका नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन सकिने बताए ।
बहुमत नआए घोषणा पत्र कार्यान्वयन हुँदैन
खनालले राजनीतिक दलले ल्याएको घोषणा पत्र कार्यान्वयन हुन एउटै दलको बहुमत आउनुपर्ने बताए । ‘सरकारले चाहने खालको मात्रै कानुन बन्ने भएको हुँदा एउटै दलको बहुमत आए मात्रै घोषणा पत्र कार्यान्वयन हुन सक्छ । ५/६ वटा दल मिलेर सरकार बनाउँदा र त्यसमा पनि सरकार अस्थिर हुँदा घोषण पत्र लागु हुन सक्दैन,’ उनले भने ।
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
