ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ मा सेयर बजारसम्बन्धी लाइभ मार्केट सुविधा सुरु गरेको छ । बैंकका अनुसार अब एप प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भएका सेयरको सम्पूर्ण जानकारी मोबाइल बैंकिङ्गमार्फतै प्राप्त गर्न सक्नेछन् ।
लाइभ मार्केट सुविधाअन्तर्गत प्रयोगकर्ताले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टलगायत जानकारी पाउने बैंकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । साथै, यस सुविधामार्फत लगानीका सम्भावित अवसरबारे पनि जानकारी उपलब्ध हुने बताइएको छ ।
यसैगरी, प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी ट्र्याक गर्न सक्ने व्यवस्था गरिएको छ । खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेपछि प्रणालीले हालको बजार मूल्यका आधारमा कुल लगानीको वर्तमान मूल्य तथा नाफा–घाटाको रियल टाइम गणना गर्ने सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
क्यालकुलेटर सुविधाले सेयर खरिद–बिक्रीको क्रममा सही हिसाबकिताब गर्न सहयोग गर्नेछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मूल्य परिवर्तन र बजार प्रवृत्ति निगरानी गर्न सहज बनाउनेछ । स्टक कम्प्यारिजन सुविधामार्फत विभिन्न सूचकका आधारमा सेयर विश्लेषण गर्न सकिने बैंकको भनाइ छ ।
यसका साथै, ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ्ग एपबाटै आइपीओ आवेदन दिन सकिने सुविधा पनि सुरु गरेको छ । एपमार्फत डिम्याट नम्बर प्रविष्ट गरेपछि सिआरएन नम्बर प्राप्त गरी सहजै आइपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार कुनै कम्पनीको आइपीओ आवेदन खुल्दा मोबाइल बैंकिङ्गमार्फत सूचना समेत प्रदान गरिनेछ । यस सेवाको सुरुवातसँगै आइपीओ आवेदनका लागि अन्य माध्यम प्रयोग गर्नुपर्ने झन्झट हट्ने विश्वास बैंकले लिएको छ ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






