बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नयाँ नेतृत्व पाएको छ। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सिबिफिनको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
नबिल बैंकको साधारण सभापछि सञ्चालक समितिबाट उपेन्द्र पौडेल बाहिरिएसँगै रिक्त रहेको अध्यक्ष पदमा श्रेष्ठलाई नियुक्त गरिएको हो। सिबिफिनको विधान अनुसार कार्यसमिति सदस्यले प्रतिनिधित्व गर्ने बैंकको सञ्चालक समितिबाट हटेपछि परिसंघको पद पनि स्वतः समाप्त हुने व्यवस्था छ।
माघ ६ गते कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५औँ बैठकले बाँकी कार्यकालका लागि श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको हो। बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका श्रेष्ठ यसअघि महासचिवको भूमिकामा थिए।
पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले संस्थापक अध्यक्ष पवन गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले खडा गरेको विरासतलाई जोगाउँदै बैंकिङ क्षेत्रको दिगो विकासमा लाग्ने प्रतिबद्धता जनाए। उनले पछिल्लो समय बैंकिङ क्षेत्र चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्ने बताए।
त्यसैगरी, नवनियुक्त अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको १६औँ बैठकले अन्य पदाधिकारीको पनि टुङ्गो लगाएको छ। सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल सर्वसम्मत मनोनीत भएका छन्। तत्कालीन महासचिव श्रेष्ठ अध्यक्ष बनेपछि र एनआईसी एसिया बैंकका पूर्व अध्यक्ष तुल्सीराम अग्रवालले बैंकबाट राजीनामा दिएपछि यी दुवै पद रिक्त थिए।
नवनियुक्त महासचिव गोयलसँग नबिल बैंक र बैंक अफ काठमाण्डू लगायतका संस्थामा उच्च तहमा रहेर काम गरेको लामो अनुभव छ। त्यस्तै, कोषाध्यक्षमा नियुक्त भएका रमण नेपाल नेपाल राष्ट्र बैंकको निर्देशक र नागरिक लगानी कोषको कार्यकारी निर्देशक भइसकेका अनुभवी प्रशासक हुन्।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)