कृषि विकास बैंकले आफ्नो कुल कर्जा वृद्धि लक्ष्यको आधा हिस्सा कृषि क्षेत्रमै लगानी गरेको छ। बैंकको ५९औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै लक्ष्यको ५० प्रतिशत लगानी यसै क्षेत्रमा केन्द्रित गरिएको जानकारी दिए।
ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारलाई विशेष ध्यान दिएको उल्लेख गर्दै सिइओ गुरुङले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रलाई बैंकले प्राथमिकतामा राखेको बताए। बैंकले आफ्नो व्यवसाय विस्तारसँगै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमुखी लगानीमा जोड दिँदै आएको उनको भनाइ छ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। यस अवधिमा कुल निक्षेप २०.३१ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाहतर्फ पनि ८.४० प्रतिशतको बढोत्तरी हुँदै २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको गुरुङले बताए।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको निक्षेप ३ खर्ब २४ अर्ब ७९ करोड र कुल कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा कुल लगानीको तुलनामा ४.५२ प्रतिशत रहेको जानकारी समेत सो अवसरमा दिइयो। सरकारी स्वामित्वको यो बैंकले परम्परागत बैंकिङभन्दा माथि उठेर किसान र उत्पादनशील क्षेत्रको सारथिका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)