विद्यार्थीहरूले आयोजना गर्ने राष्ट्रिय प्रविधि महोत्सव लोकस (LOCUS) २०२६ यस वर्ष माघ १६, १७ र १८ गते हुने भएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान (IOE) अन्तर्गत पुल्चोक क्याम्पसका विद्यार्थीहरूले आयोजना गर्ने यस महोत्सवको मूल विषय ‘Transforming Today: Nepal’s Path to a Digital Future’ रहेको छ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा, डिजिटल स्वास्थ्य, नवीकरणीय ऊर्जा, आधुनिक कृषि, विपद् व्यवस्थापन तथा डिजिटल शिक्षाजस्ता क्षेत्रहरूमा केन्द्रित विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ।
लोकसले डिजिटल नेपाल र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिएको छ। त्यसका लागि विद्यार्थी, अनुसन्धानकर्ता, स्टार्टअप, उद्योग तथा नीतिनिर्मातालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य राखिएको छ।
यस वर्षको प्रोजेक्ट प्रतिस्पर्धा विषयगत (Thematic) र गैर–विषयगत (Non-Thematic) दुई विधामा हुने छ। विषयगत प्रोजेक्टहरू नवीकरणीय ऊर्जा, कृषि, एआई, साइबर सुरक्षा, ई–लर्निङ र डिजिटल स्वास्थ्यसँग सम्बन्धित हुनुपर्नेछ भने गैर–विषयगत प्रोजेक्टहरूमा हार्डवेयर, सफ्टवेयर र विद्युतीय (Electrical) प्रोजेक्टहरू सहभागी हुन सक्नेछन्।
सहभागीहरू मध्येबाट उत्कृष्टलाई पुरस्कार समेत प्रदान गरिने छ । प्रोजेक्ट प्रदर्शनीका लागि दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् । प्रोजेक्ट सहभागी हुनका लागि पहिले प्रोजेक्ट आइडिया दर्ता अनिवार्य गरिएको छ ।
कार्यक्रममा रोबो वार, रोबो सकर, रोबो लाइन ड्यास, रोबो पपअप, दोर्नाचार्य प्रतियोगिता समेत सञ्चालन हुनेछ । विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
यस वर्षको लोकसमा ह्याकाथन, प्रविधि प्रदर्शनी, प्रोजेक्ट शोकेस, वर्कसप, सेमिनार तथा विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू आयोजना हुनेछन्। प्रिइभेन्टको रूपमा ह्याकाथन, साइबर सिल्ड, हार्डवेयर फेलोशिप, ह्याक अ विक, गर्ल्स टु कोड, कोड जाम, वाकाथन जस्ता कार्यक्रम सम्पन्न भइसकेका छन् ।
आयोजकहरूले लोकसलाई विश्वविद्यालय, निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य प्रवर्द्धन गर्दै समावेशी, सुरक्षित र दिगो डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने प्लेटफर्मको रूपमा हेरेका छन्।
सन् २००३ देखि निरन्तर आयोजना हुँदै आएको लोकसले नेपाली युवा र प्रविधि समुदायलाई नवप्रवर्तन र अनुसन्धानतर्फ प्रेरित गर्दै आएको छ। यस वर्षको संस्करण पनि नेपालको डिजिटल भविष्यका लागि विचार, समाधान र नेतृत्व विकासको महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मोटिफ एजुकेसन २० वर्षतर्फ: १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग
यसरी लिन सकिन्छ निर्वाचन मतपरिणामको जानकारी
एप्पलले सार्वजनिक गर्यो सस्तो ल्यापटप ‘म्याकबुक नियो’, कति छ मूल्य ?
‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौं’





-1773720653.jpg)
