काठमाडौं विश्वविद्यालय (केयु) मा आयोजित यस वर्षको हल्ट प्राइजको सेमिफाइनल सम्पन्न भएको छ । कार्यक्रममा नवप्रवर्तन, उद्यमशीलता र उद्देश्यपूर्ण सोचले भरिएका २० टोलीले आफ्ना व्यवसायिक तथा सामाजिक प्रभाव केन्द्रित आइडियाहरू प्रस्तुत गरेका थिए ।
सहभागीले फोहोर व्यवस्थापनदेखि स्वास्थ्य, कृषि, शिक्षा, डिजिटल भुक्तानी, संस्कृति र जैविक विविधतासम्मका विविध क्षेत्रमा आधारित आइडियाहरूले प्रस्तुत गरेको बताइएको छ । नेपाल राइजिङले शीर्ष प्रायोजन गरेको केयु हल्ट प्राइजको इकोकन्सर्न र हाइलाइफको सहकार्य थियो ।
सेमिफाइनल चरणको मूल्यांकन कर्मयोग फाउन्डेसनका अध्यक्ष सौरभ रिमाल, नेपाल इन्टरप्रेन्योर हब तथा आईसीटी फाउन्डेसन नेपालका सह–संस्थापक हेम्पाल श्रेष्ठ र इन्जिनियरिङ तथा प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट देव राज गौतम सम्मिलित निर्णायक मण्डलले गरेका थिए। प्रविधि विकास, उद्यमशीलता, नवप्रवर्तन र सामाजिक नेतृत्वसम्बन्धी उनीहरूको अनुभवले मूल्यांकन प्रक्रियालाई थप विश्वसनीय बनाएको आयोजकको भनाइ छ।
सेमिफाइनलको सुरुवातमा साहारा टिमले ‘फ्लेक्स इट’ नामक उत्पादनमार्फत पुराना इभेन्ट ब्यानरलाई पुनः प्रयोग गरी वाटरप्रुफ र टिकाउ झोला बनाउने अवधारणा राखेको थियो भने अन्नपूर्ण एपि एराइजले मौरी परागसेचनमा केन्द्रित कृषि उत्पादकत्व वृद्धि र नैतिक मह उत्पादनको मोडेल प्रस्तुत गरेको थियो ।
फिडएक्सले कुखुरा पालन क्षेत्रका लागि सिन्बायोटिक फिड बुस्टर, ओउराले स्वचालित भुक्तानी प्रमाणीकरणसहितको भविष्यको पेमेन्ट गेटवे, र क्लिनइटले स्मार्ट सेन्सर र डेटा प्रयोग गरी पानीको प्रभावकारी प्रयोग सुनिश्चित गर्ने एग्रिटेक समाधान प्रस्तुत गरेको थियो ।
स्वास्थ्य क्षेत्रमा मेडिक्योरले डिजिटल हेल्थ असिस्टेन्ट, एडट्रेसले ब्लकचेनमा आधारित पारदर्शी सहायता वितरण प्रणाली, र सिन्याप्टिकले अटिजम भएका बालबालिकाका लागि एआर र एआई आधारित सिकाइ मोडेल प्रस्तुत गरेका थिए ।
संस्कृति र समाजमा केन्द्रित लोककथा, यातायात क्षेत्रका लागि डिजिटल प्लेटफर्म सवारी, महिलामैत्री फोहोर व्यवस्थापन मोडेल गिगो, पोषणयुक्त स्न्याक सत्तु बाइट्स, वित्तीय साक्षरतामा केन्द्रित फिनपाल, प्राकृतिक मच्छर भगाउने उत्पादन वनश्री, केराको डाँठबाट कागज उत्पादन गर्ने गुड पल्प डिल, एन्टिबायोटिक प्रतिरोध विरुद्ध एआई समाधान यक्ष, वाटर हायसिन्थबाट इको–फोम बनाउने इकोभेड, जेनेटिक डिसअर्डरका लागि एआई प्लेटफर्म पेरेंटकोड, विशेषज्ञ परामर्श सेवा मिल्याप र जैविक विविधता निगरानीका लागि गेमिफाइड प्लेटफर्म प्लान्टगोले आफ्ना आइडिया प्रस्तुत गरेका थिए।
सेमिफाइनल चरणले नेपालमा बढ्दै गएको नवप्रवर्तन, दिगोपन र समस्या समाधानको संस्कृतिलाई पनि उजागर गरेको आयोजकको निष्कर्ष छ ।
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
