ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बैंकमा निरन्तर १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ।
काठमाडौँमा आयोजित एक विशेष समारोहका बिच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा ती कर्मचारीहरूलाई खादा र सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको समेत उपस्थिति रहेको थियो।
सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले १९ वर्षअघि १९औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले अहिले अधिकांश वित्तीय सूचकमा आफूलाई अब्बल सावित गरेको बताए। उनले बैंकको सफलतामा नेतृत्वका साथै सम्पूर्ण कर्मचारीको सहकार्य, मिहिनेत र लगनशीलताको ठुलो भूमिका रहने उल्लेख गरे। ढकालले बैंकलाई आगामी दिनमा थप गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै लैजाने योजना समेत सुनाए।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले डिजिटल युगको माग अनुसार बैंकको सेवालाई नवीनतम् र ग्राहकमैत्री बनाउन लक्ष्य निर्धारण गरिएको बताए।
त्यस्तै, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी वर्षहरूमा ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अझ उत्कृष्ट बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरे। ग्लोबल आइएमई बैंकले हालसम्म 'बैंक अफ द इयर २०१४' देखि 'बेष्ट बैंक नेपाल २०२५' सम्मका विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)