नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनभीटीए) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित एक विशेष समारोहमा क्यानलाई सम्मान गरिएको हो ।
समारोहमा क्यान महासंघलाई संस्थागत रूपमा र व्यक्तिगत रूपमा महासंघका दुई पदाधिकारीलाई सरकारका तर्फबाट प्रशंसा–पत्र र सम्मान–पत्र प्रदान गरिएको थियो । महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीलाई व्यावसायिक आईसीटी प्रशिक्षणको जग बसाल्न र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा तथा महासचिव चन्द्र विलास भुर्तेललाई पाठ्यक्रम मस्यौदा उपसमितिको संयोजकको रूपमा प्रशंसनीय कार्य गरेकोमा सम्मानित गरिएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी, श्रम सचिव एवं राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका अध्यक्ष डा. दीपक काफ्ले र प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले महासंघलाई संयुक्त रूपमा सम्मान वितरण गरे ।
क्यानका वरिष्ठ उपाध्यक्ष अधिकारीले महासचिव रहँदा सुरु गरेको ‘हातमै सीप’ (Skills in Hands) को अवधारणालाई यस सम्मानको मुख्य आधार मानिएको छ । परम्परागत प्रमाणपत्रमुखी शिक्षाभन्दा माथि उठेर सफ्ट स्किल्स र व्यावसायिक प्राविधिक सीपलाई एकीकृत गर्ने उनको भिजनले उद्योगको ध्यान सर्टिफाइड मात्रै नबनाई अनिवार्य योग्य हुनुमा केन्द्रित गरेको छ । यसले नेपाली प्रशिक्षार्थीहरूले उद्योगको मापदण्ड अनुसार वास्तविक सीप प्राप्त गर्ने सुनिश्चित गरेको महासंघको भनाइ छ ।
आर्थिक वर्ष २०८१/०८२ मा एनभीटीए र क्यान महासंघबीचको सहकार्यमा श्रम बजारको मागलाई सम्बोधन गर्ने गरी कम्प्युटर क्षेत्रका दुईवटा आधारभूत सीपमूलक पाठ्यक्रमहरू तयार पारिएका थिए । यी कार्यक्रमहरू दक्ष जनशक्ति उत्पादनलाई प्रत्यक्ष रूपमा आर्थिक आवश्यकता र रोजगारीसँग जोड्ने उद्देश्यले डिजाइन गरिएका हुन् ।
सम्मान ग्रहण गर्दै क्यान महासंघले आगामी दिनमा पनि सरकारसँग मिलेर सूचना प्रविधि क्षेत्रको सीप विकास र रोजगारी सिर्जनामा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली श्रमशक्तिलाई विश्वव्यापी डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन महासंघले आफ्ना कार्यक्रमहरूलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ ।
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
नेपाल लाइफको नारी सुरक्षा योजना सार्वजनिक, गर्भावस्थाको जटिलतामा समेत विशेष सुविधा
विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी शुल्कमा ५० प्रतिशत छुट
एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते कार
शनिबार एनसेल एआईटीएम कार्निभल हुँदै
अमेरिकामा देखिएको समस्याबाट जन्मिएको अंग्रेजी सिकाउने ‘भाषा एप’, १०० बढी देशमा प्रयोग हुँदै
एनआईबीएल इक्विटी पार्टनरको सल्लाहकार बोर्डमा उपेन्द्र पौड्याल नियुक्त



