फोर्चुन ५०० कम्पनीहरुलाई एसुरेन्स म्यानेजमेन्ट प्लेटफर्म प्रदान गर्दै आएको नेपाली कम्पनी सेक्युरिटीपाल एआईले क्रिकेट खेलाडी शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने घोषणा गरेको छ ।
यस सम्बन्धी सम्झौतामा सेक्युरिटीपालको काठमाण्डौँस्थित सेक्युरिटी एसुरेन्स कमाण्ड सेन्टरमा खेलाडी र कम्पनीका प्रतिनिधिबीच औपचारिक रूपमा हस्ताक्षर गरिएको हो ।
यो रणनीतिक साझेदारीले युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने, उत्कृष्टता र नवीनतालाई खेल मैदानभित्र र बाहिर दुवै क्षेत्रमा प्रवर्द्धन गर्ने सेक्युरिटीपालको दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।
यस प्रायोजन अन्तर्गत सेक्युरिटीपालले शेर मल्ललाई आवश्यक सहयोग उपलब्ध गराउनेछ, जसले उनलाई आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा प्रदर्शन, प्रशिक्षण र तयारीमा पूर्ण रूपमा केन्द्रित हुन मद्दत गर्नेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूका क्रममा शेर मल्लले प्रयोग गर्ने ब्याटमा सेक्युरिटीपालको लोगो रहनेछ।
आगामी महिना भारतमा आयोजना हुने टी–२० विश्वकपका लागि पहिलो पटक नेपाली टोलीमा छनोट भएका शेर मल्लका लागि यो सहकार्य उनको करियरको एक महत्वपूर्ण मोडका रूपमा लिइएको छ । त्यहाँ उनले आफ्नो खेल विश्वमञ्चलमा देखाउने मौका पाउने छन् ।
सेक्युरिटीपाल एआईका जनरल म्यानेजर तथा ग्लोबल अपरेसन्सका भाइस प्रेसिडेन्ट लक्ष्मण एम बस्नेतले उत्कृष्ट प्रदर्शन, निरन्तरता र जुझारुपन सेक्युरिटीपालको कार्यसंस्कृतिको आधार भएको बताउँदै विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहँदा मल्लसँग जोडिन पाउनु गर्वको विषय भएको बताए ।
यसै अवसरमा क्रिकेटर शेर मल्लले सेक्युरिटीपाल जस्तो विश्वस्तरीय संस्थाबाट प्राप्त सहयोगले आत्मविश्वास बढाएको र व्यावसायिक क्रिकेट यात्रामा अझ उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा दिएको बताए ।
नेपालबाट र नेपालीहरूसँग मिलेर विश्वस्तरीय प्रविधि निर्माण गरिरहेको सेक्युरिटीपालले नेपाली खेलकुदको भविष्य निर्माणमा योगदान दिन आफू उत्तिकै प्रतिबद्ध रहेको जनाएको छ।
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारी सम्मानित
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
नेपाल मेडिसिटी हस्पिटलले सार्वजनिक गर्यो नयाँ मास्कट ‘मेडी प्रसाद’
आईसीटी सीप विकासमा योगदान पुर्याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित
लुम्बिनीमा १ महिने लामो आईटी वर्कशप हुँदै
