आईओई पुल्चोक क्याम्पसका विद्यार्थीहरूको समूह आईओई पुलचोक गर्ल्सले हेरिजोन २०२५ को मुख्य प्रिइभेन्टको रूपमा चौथो ‘इम्प्याक्ट म्याराथन’ आयोजना गर्ने भएको छ। म्याराथन पुस २६ गते, शनिबार (जनवरी १०, २०२६) पुल्चोक क्याम्पस परिसरमा सम्पन्न हुनेछ।
प्रत्येक वर्ष ५०० भन्दा बढी सहभागीहरूको सक्रिय सहभागितासहित हुँदै आएको इम्प्याक्ट म्याराथन यस वर्ष पनि महिला सशक्तीकरण, युवा नेतृत्व, स्वास्थ्य सचेतना तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार यो म्याराथन केवल दौड मात्र नभई समानता, आत्मबल र सकारात्मक परिवर्तनको सन्देश बोकेको अभियान हो।
यस वर्षको म्याराथन सबै फिटनेस प्रेमीहरूका लागि खुला रहनेछ। म्याराथनको दूरी ६.७ किलोमिटर रहनेछ, जसको सुरुआत पुल्चोक क्याम्पसको फुटबल ग्राउन्डबाट हुनेछ। सहभागी हुन दर्ता शुल्क १०० रुपैयाँ तोकिएको छ भने दर्ता गर्ने सहभागीहरूले निःशुल्क टिसर्ट प्राप्त गर्नेछन्।
म्याराथनको दर्ता अवधि पुस २४ गतेसम्म खुला रहनेछ। अनलाइन फाराम भरेर सहभागीले म्याराथनका लागि आफ्नो नाम दर्ता गराउन सक्ने छन् ।
‘Beyond Boundaries, Toward Horizons’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको हेरिजोन २०२५ को पूर्वतयारीस्वरूप यो म्याराथनले युवाहरू, विद्यार्थीहरू तथा समुदायलाई एकजुट गर्दै सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
