धरानस्थित त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा पुस २६ देखि २८ गतेसम्म बृहत् प्राविधिक महोत्सव ‘तरङ्ग: द वेभ अफ टेक्नोलोजी’ आयोजना हुने भएको छ।
क्याम्पसको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरूको संस्था एसीईएस (Association of Computer Engineering Students) र एक्सेस (Electronics and Communication Engineering Student’s Society) को संयुक्त आयोजनामा यो महोत्सव हुन लागेको हो।
पूर्वाञ्चल क्याम्पस परिसरमा तीन दिनसम्म चल्ने यस कार्यक्रमको मुख्य उद्देश्य सफ्टवेयर र हार्डवेयर समुदायलाई एउटै प्लेटफर्ममा जोड्दै नवप्रवर्तन, व्यावहारिक सिकाइ र व्यावसायिक सम्बन्ध विस्तार गर्नु रहेको छ।
महोत्सवका मुख्य आकर्षणका रूपमा सफ्टवेयर तथा हार्डवेयर ह्याकाथोन, प्रोजेक्ट प्रदर्शनी, इन्टर्नसिप मेला तथा विभिन्न प्राविधिक कार्यशालाहरू रहने छन् ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)