धरानस्थित त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पूर्वाञ्चल क्याम्पसमा पुस २६ देखि २८ गतेसम्म बृहत् प्राविधिक महोत्सव ‘तरङ्ग: द वेभ अफ टेक्नोलोजी’ आयोजना हुने भएको छ।
क्याम्पसको कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरूको संस्था एसीईएस (Association of Computer Engineering Students) र एक्सेस (Electronics and Communication Engineering Student’s Society) को संयुक्त आयोजनामा यो महोत्सव हुन लागेको हो।
पूर्वाञ्चल क्याम्पस परिसरमा तीन दिनसम्म चल्ने यस कार्यक्रमको मुख्य उद्देश्य सफ्टवेयर र हार्डवेयर समुदायलाई एउटै प्लेटफर्ममा जोड्दै नवप्रवर्तन, व्यावहारिक सिकाइ र व्यावसायिक सम्बन्ध विस्तार गर्नु रहेको छ।
महोत्सवका मुख्य आकर्षणका रूपमा सफ्टवेयर तथा हार्डवेयर ह्याकाथोन, प्रोजेक्ट प्रदर्शनी, इन्टर्नसिप मेला तथा विभिन्न प्राविधिक कार्यशालाहरू रहने छन् ।
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै अब आईपीओ भर्न सकिने
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

-1769682233.jpg)
