सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’ द्वारा आयोजना गरिएको यो प्रतियोगिता केवल खेलमा सीमित नरही समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव पनि बन्यो ।
प्रतियोगितामा नेपालभरिका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए । अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबैलाई खेलप्रति रुचि र मित्रताले एकताबद्ध बनाएको थियो । दिनभरको माहोल स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कले भरिएको थियो ।
फाइनल खेल ललितपुर लायन्स र ८८४९ एफसीबीच सम्पन्न भयो । विजेता बनेको ललितपुर लायन्सले च्याम्पियन ट्रफी प्राप्त ग¥यो । व्यक्तिगत पुरस्कारहरूमा ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, बिभिएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडी र ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए ।
क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल कार्यक्रम प्रायोजक तथा डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको सहयोगमा कार्यक्रम सफल भएको आयोजकले बताएका छन् । स्वयंसेवकहरूको योगदानले सहभागीहरूका लागि आत्मीय, समावेशी र व्यवस्थित वातावरण तयार पारेको थियो ।
नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब लोकप्रिय वार्षिक कार्यक्रम बनेको छ । यसले खेल मात्र नभई सदस्यबीचको मित्रता, समुदाय र नेतृत्वको पाठ सिक्ने अवसर पनि प्रदान गरेको छ । त्यस्तै खेल मैदानमा नेतृत्व र टिमवर्कको महत्व के हो भन्ने प्रष्ट देखाएको छ , त्यसले समुदायलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका पनि खेलेको छ ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






