सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’ द्वारा आयोजना गरिएको यो प्रतियोगिता केवल खेलमा सीमित नरही समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव पनि बन्यो ।
प्रतियोगितामा नेपालभरिका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए । अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबैलाई खेलप्रति रुचि र मित्रताले एकताबद्ध बनाएको थियो । दिनभरको माहोल स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कले भरिएको थियो ।
फाइनल खेल ललितपुर लायन्स र ८८४९ एफसीबीच सम्पन्न भयो । विजेता बनेको ललितपुर लायन्सले च्याम्पियन ट्रफी प्राप्त ग¥यो । व्यक्तिगत पुरस्कारहरूमा ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, बिभिएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडी र ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए ।
क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल कार्यक्रम प्रायोजक तथा डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको सहयोगमा कार्यक्रम सफल भएको आयोजकले बताएका छन् । स्वयंसेवकहरूको योगदानले सहभागीहरूका लागि आत्मीय, समावेशी र व्यवस्थित वातावरण तयार पारेको थियो ।
नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब लोकप्रिय वार्षिक कार्यक्रम बनेको छ । यसले खेल मात्र नभई सदस्यबीचको मित्रता, समुदाय र नेतृत्वको पाठ सिक्ने अवसर पनि प्रदान गरेको छ । त्यस्तै खेल मैदानमा नेतृत्व र टिमवर्कको महत्व के हो भन्ने प्रष्ट देखाएको छ , त्यसले समुदायलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका पनि खेलेको छ ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
