हार्डवेयर, इलेक्ट्रोनिक्स र एम्बेडेड सिस्टमप्रति चासो राख्ने विद्यार्थी तथा प्रविधि प्रेमीहरूलाई लक्षित गर्दै पुल्चोक क्याम्पसमा आयोजना हुँदै आएको प्रविधि मेला ‘लोकस’ले प्रि–इभेन्टका रूपमा हार्डवेयर फेलोशिप २०२६ सञ्चालन गर्ने भएको छ।
व्यवहारिक सिकाइमा जोड दिइएको यस फेलोशिपमार्फत सहभागीहरूलाई सर्किट डिजाइन, सेन्सर, एम्बेडेड सिस्टम तथा वास्तविक हार्डवेयर विकासको प्रत्यक्ष अनुभव दिलाउने उद्देश्य लिइएको छ।
कार्यक्रमअन्तर्गत सहभागीहरूले अनुभवी मेन्टरको मार्गदर्शनमा संरचित र प्रायोगिक तालिम लिने, वास्तविक हार्डवेयर प्रोजेक्टमा काम गर्ने तथा उद्योगसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने अवसर पाउनेछन्।
फेलोशिप सन् २०२६ जनवरी ४ देखि १० सम्म ललितपुरस्थित पुल्चोक क्याम्पसमा सञ्चालन हुनेछ। बिहान ७:३० देखि ९:१५ बजेसम्म र साँझ ४:०० देखि ५:४५ बजेसम्म गरी दुई वटा समय सत्र तोकिएको छ।
आयोजकका अनुसार सहभागीहरूका लागि आवश्यक टुल्स, कम्पोनेन्ट र अध्ययन सामग्री उपलब्ध गराइनेछ भने परियोजना अवधिभर निरन्तर मेन्टर सपोर्ट प्रदान गरिनेछ।
फेलोशिपमा सहभागी हुन व्यक्तिगत रूपमा दर्ता गर्दा ८५० रुपैयाँ शुल्क लाग्नेछ भने चार जनाको समूहमा दर्ता गर्दा प्रति व्यक्ति ८०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। इच्छुकले सन् २०२६ जनवरी २ भित्र दर्ता गरिसक्नुपर्नेछ र हाल दर्ता प्रक्रिया खुला रहेको छ।
स्नातक तहमा अध्ययनरत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूले पुल्चोक क्याम्पसमा प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रविधि मेला ‘लोकस’ सन् २००३ देखि निरन्तर हुँदै आएको छ।
यस मेलाले विद्यार्थीहरूलाई नवप्रवर्तन, प्रविधि प्रदर्शन र सिकाइका लागि साझा प्लेटफर्म प्रदान गर्दै आएको आयोजकको भनाइ छ।
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
