इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान “इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा” सुरु गरेको छ । यस अभियानले इनड्राइभका प्रमुख सुरक्षा सुविधाहरू—जस्तै भेरीफाईड ड्राईभर प्रोफाईल, रियल–टाइम राइड ट्रयाकिङ, इन–एप (एसओएस) सुविधा, लाइभ राइड सेयरिङ, तथा दुई–तर्फी रेटिङ प्रणालीलाई उजागर गर्दै प्रयोगकर्तालाई हरेक यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सशक्त बनाउने लक्ष्य राखेको छ ।
प्रयोगकर्ताको हातमै नियन्त्रण प्रदान गरेर इनड्राइभले आफ्नो प्लेटफर्ममा विश्वास र उत्तरदायित्वको वातावरण निर्माण गर्दै आएको छ । इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलले भन्नुभयो, “सुरक्षा केवल एउटा सुविधा मात्र होइन, यो साझा जिम्मेवारी हो । इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा अभियानमार्फत हामी प्रयोगकर्तालाई यो सन्देश दिन चाहन्छौं कि भेरीफाईड ड्राईभर छनोट गर्ने, रेटिङ जाँच गर्ने वा लाइभ राइड सेयर गर्ने जस्ता प्रत्येक साना निर्णयले पनि सुरक्षित यात्रामा ठूलो भूमिका खेल्दछ ।”
अभियानअन्तर्गत इनड्राइभले डिजिटल सचेतनामूलक सामग्री, अन ग्राउण्ड एक्टिभिसन तथा शैक्षिक सत्रहरू सञ्चालन गर्नेछ, जून यात्रु र चालक साझेदार दुवैका लागि सुरक्षित अभ्यासहरूमा केन्द्रित हुनेछ । विशेषगरी महिला, विद्यार्थी र दैनिक यात्रुहरूलाई लक्षित गर्दै राइड–हेलिङ सेवा प्रयोग गर्दा जिम्मेवार व्यवहारलाई प्रोत्साहित गर्नु यस पहलको मुख्य उद्देश्य हो ।
इनड्राइभको पीयर–टु–पीयर मूल्य निर्धारण मोडेल र सशक्त सुरक्षा संरचनाले नेपालमा बढ्दो मोबिलिटी इकोसिस्टममा यस प्लेटफर्मलाई फरक र विशिष्ट बनाउँदै आएको छ । यस अभियानमार्फत इनड्राइभले सुरक्षित, निष्पक्ष र पारदर्शी राइड–हेलिङ वातावरण निर्माणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्याएको छ ।
‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा’ अभियान इनड्राइभको डिजिटल प्लेटफर्महरूमा संचालन हुनेछ र यसलाई समुदाय संलग्नता मार्फत विस्तार गरिनेछ
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






