नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजना तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहबाट औपचारिक बधाई तथा प्रशंसा पत्र प्राप्त गरेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी पठाइएको पत्रमा आईसीसी अध्यक्ष शाहले नेपाल प्रिमियर लिगको उत्कृष्ट योजना, प्रभावकारी कार्यान्वयन र उच्चस्तरीय क्रिकेट प्रदर्शनको खुलेर प्रशंसा गरेका छन्। उनले प्रतियोगिताले व्यवस्थापन र क्रिकेटको गुणस्तरका हिसाबले उल्लेखनीय मापदण्ड स्थापित गरेको उल्लेख गरेका छन्।
पत्रमा आईसीसी अध्यक्षले नेपाल प्रिमियर लिगले क्यानको सशक्त नेतृत्व, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यसम्पादनलाई प्रतिबिम्बित गरेको जनाउँदै प्रतियोगिताको समग्र सफलताका लागि क्यानको भूमिका प्रशंसनीय रहेको बताएका छन्।
यस अवसरमा नेपाल क्रिकेट संघले आईसीसी तथा अध्यक्ष जय शाहप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोग र उत्साहवर्द्धनका लागि धन्यवाद ज्ञापन गरेको छ। क्यानले आगामी दिनमा पनि नेपालमा क्रिकेटको समग्र विकास, व्यवसायिकरण तथा सबै तहमा क्रिकेट प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






