क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले तीन जना आर्थिक पत्रकारहरुलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको नाफिजको १६ औं वार्षिक साधारण सभामा फरक फरक विधामा सम्मान गरेको हो ।
एक लाख राशीको ‘शारदा–ढुन्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट रविन पौडेलले पाएका छन् । पौडेल क्लिकमाण्डूमा कार्यरत छन् ।
५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८२’ कमला भण्डारीले पाएकी छिन् । उनी क्यापटिल नेपालमा कार्यरत छिन् ।
अर्को ५० हजार रुपैयाँ राशीकै ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट अम्बिका शर्माले पाएकी छिन् । उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् ।
पुरस्कृत हुनेहरुलाई अर्थमन्त्री रामेश्वर खनालले पुरस्कार वितरण गरेका हुन् । यसका साथै नाफिज फेलोसिप नयाँ पत्रिका दैनिकका यम बमले प्राप्त गरेका छन् ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
