क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले तीन जना आर्थिक पत्रकारहरुलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको नाफिजको १६ औं वार्षिक साधारण सभामा फरक फरक विधामा सम्मान गरेको हो ।
एक लाख राशीको ‘शारदा–ढुन्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट रविन पौडेलले पाएका छन् । पौडेल क्लिकमाण्डूमा कार्यरत छन् ।
५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८२’ कमला भण्डारीले पाएकी छिन् । उनी क्यापटिल नेपालमा कार्यरत छिन् ।
अर्को ५० हजार रुपैयाँ राशीकै ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट अम्बिका शर्माले पाएकी छिन् । उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् ।
पुरस्कृत हुनेहरुलाई अर्थमन्त्री रामेश्वर खनालले पुरस्कार वितरण गरेका हुन् । यसका साथै नाफिज फेलोसिप नयाँ पत्रिका दैनिकका यम बमले प्राप्त गरेका छन् ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)