अभिनेत्री प्रियंका कार्कीले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकमाझ आउने भएको छ । मालिन मिडियाको निर्माणमा तयार भइरहेको यो शो कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे र ओएसआर रियालिटी युट्युब च्यानल मार्फत प्रसारण हुनेछ ।
नेपालका चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा उभ्याउने उद्देश्यका साथ यो कार्यक्रम तयार पारिएको हो ।
यस कार्यक्रममार्फत नेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानपान तथा नेपालको आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा होस्ट प्रियंका कार्कीको साथमा सेफ प्रकाश कटुवाल रहनेछन् । उनीहरूले नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका थुप्रै परिकार तयार पार्नेछन् भने अतिथिहरूले ती परिकार चाखेर आफ्ना प्रतिक्रिया र अनुभव साटासाट गर्नेछन् ।
यो शो नेपाली टेलिभिजनमा आइरहेका अन्य कुकिङ कार्यक्रमभन्दा पूर्णतः फरक ढाँचामा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । यसमा खाना पकाउने मात्र नभई पाहुनाहरूको जीवनशैली, खानपानको बानी, व्यक्तिगत अनुभव, प्रेरणादायी कथाहरू र रमाइलो घरायसी कुराकानी समेत समेटिनेछ ।
कार्यक्रमका निर्माता महेश पोखरेलले ‘सेलिब्रेटी किचन’ लाई खाना, संस्कार र जीवनशैलीलाई एकैसाथ जोड्ने बिल्कुलै नयाँ प्रयास भएको बताएका छन् । उनले यो कार्यक्रम केवल एउटा टिभी शो मात्र नभएर नेपाली पहिचान, प्रेम र खानाको उत्सव भएको धारणा राखे । देशका सम्मानित व्यक्तिहरूलाई किचेनमा ल्याएर स्वास्थ्यप्रद जीवनशैलीको सन्देश दिनु कार्यक्रमको मुख्य ध्येय रहेको पोखरेलको भनाइ छ ।
शोलाई आकर्षक बनाउन लामिनार टाइल्समार्फत विशेष किचन सेट तयार गरिएको छ । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा डाबर हनि रहेको छ भने ज्ञान राइस, टाटा, बिग मार्ट, व्यञ्जन तेल, जोए, याडिया स्कुटर र हिमस्टार जस्ता ब्रान्डहरू सहयोगीका रूपमा जोडिएका छन् । प्रियंका कार्कीको स्टारडम र नयाँ कन्सेप्टका कारण यो शोले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






