अभिनेत्री प्रियंका कार्कीले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब औपचारिक रूपमा दर्शकमाझ आउने भएको छ । मालिन मिडियाको निर्माणमा तयार भइरहेको यो शो कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे र ओएसआर रियालिटी युट्युब च्यानल मार्फत प्रसारण हुनेछ ।
नेपालका चर्चित कलाकार, सार्वजनिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिष्ठित हस्तीहरूलाई एउटै भान्सामा उभ्याउने उद्देश्यका साथ यो कार्यक्रम तयार पारिएको हो ।
यस कार्यक्रममार्फत नेपाली खानाको पहिचान, स्वास्थ्यप्रद खानपान तथा नेपालको आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा होस्ट प्रियंका कार्कीको साथमा सेफ प्रकाश कटुवाल रहनेछन् । उनीहरूले नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका थुप्रै परिकार तयार पार्नेछन् भने अतिथिहरूले ती परिकार चाखेर आफ्ना प्रतिक्रिया र अनुभव साटासाट गर्नेछन् ।
यो शो नेपाली टेलिभिजनमा आइरहेका अन्य कुकिङ कार्यक्रमभन्दा पूर्णतः फरक ढाँचामा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । यसमा खाना पकाउने मात्र नभई पाहुनाहरूको जीवनशैली, खानपानको बानी, व्यक्तिगत अनुभव, प्रेरणादायी कथाहरू र रमाइलो घरायसी कुराकानी समेत समेटिनेछ ।
कार्यक्रमका निर्माता महेश पोखरेलले ‘सेलिब्रेटी किचन’ लाई खाना, संस्कार र जीवनशैलीलाई एकैसाथ जोड्ने बिल्कुलै नयाँ प्रयास भएको बताएका छन् । उनले यो कार्यक्रम केवल एउटा टिभी शो मात्र नभएर नेपाली पहिचान, प्रेम र खानाको उत्सव भएको धारणा राखे । देशका सम्मानित व्यक्तिहरूलाई किचेनमा ल्याएर स्वास्थ्यप्रद जीवनशैलीको सन्देश दिनु कार्यक्रमको मुख्य ध्येय रहेको पोखरेलको भनाइ छ ।
शोलाई आकर्षक बनाउन लामिनार टाइल्समार्फत विशेष किचन सेट तयार गरिएको छ । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा डाबर हनि रहेको छ भने ज्ञान राइस, टाटा, बिग मार्ट, व्यञ्जन तेल, जोए, याडिया स्कुटर र हिमस्टार जस्ता ब्रान्डहरू सहयोगीका रूपमा जोडिएका छन् । प्रियंका कार्कीको स्टारडम र नयाँ कन्सेप्टका कारण यो शोले दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
