रुपन्देहीको बुटवलस्थित 'हायात प्लेस बुटवल'को औपचारिक रूपमा उद्घाटन गरिएको छ। श्वव्यापी उपस्थिति विस्तार गर्ने रणनीति अनुसार हायात प्लेस ब्रान्डले बुटवलमा नयाँ होटेल खोलेको जनाएको छ।
होटेलले हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण, निःशुल्क वाइ–फाइ, २४ सै घण्टा उपलब्ध खानेकुरा लगायतका सुविधासहित व्यापारिक तथा फुर्सदिला दुवै प्रकारका यात्रुहरूलाई लक्षित गरेको छ।
३००–७७५ वर्ग फिटका कोठादेखि प्रेसिडेन्सियल सुइटसम्म
होटेलमा किंग र ट्विन कोठा, फरेस्ट र हिल भ्यूका विभिन्न कक्षा (क्लास)का गेस्टरुम र फराकिला सुइटहरू उपलब्ध छन्। मुख्य आकर्षणको रूपमा १,५६० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रेसिडेन्सियल सुइट रहेको छ, जसले विशिष्ट पाहुनालाई उच्चस्तरीय अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।
त्यसैगरी, १५० जना पाहुना अटाउने क्षमता भएको ग्रान्ड बलरुमसहितका मिटिङ तथा कार्यक्रम स्थल पनि होटेलमा सञ्चालनमा आएका छन्।
हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्नु नै आफ्नो प्राथमिकता रहेको बताए।
“हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठा, विविध खानाका विकल्प र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हायात प्लेस बुटवल बिजनेस तथा लेजर दुबै यात्रुका लागि आदर्श गन्तव्य बन्नेछ,” नगरले भने।
उनका अनुसार होटलले पाहुनाहरूलाई कार्य, विश्राम र मनोरञ्जनलाई सहज रूपमा सन्तुलन गर्न सहयोग गर्ने वातावरण प्रदान गर्नेछ। “हाम्रो समर्पित टिमले प्रत्येक बसाइलाई व्यक्तिगत तथा यादगार बनाउन काम गर्नेछ,” उनले बताए।
होटेलका प्रमुख विशेषताहरू
- १०९ फराकिला गेस्टरुम, जसमा सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थान (जोन्स)
- निःशुल्क तातो–चिसो ब्रेकफास्ट
- २४ घण्टा खुल्ने ‘द मार्केट’
- विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेल पाइने ‘जिङ बार’
- ‘नेसेसिटिज’ कार्यक्रममार्फत उपलब्ध आवश्यक सामग्री
- होटल र कोठामा निःशुल्क वाइ–फाइ
- स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र किड्स प्ले एरिया
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)