लक्ष्य होल्डिङ्गस् लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आगामी पुस १२ गते, शनिबार गर्ने भएको छ। २०८२ मङ्सिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५४औँ बैठकले पारित गरेको निर्णयअनुसार साधारण सभा ललितपुरको सातदोबाटोस्थित ललितपुर पार्टी प्यालेसमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, आषाढ ३२, २०८२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै स्वीकृत गरिनेछ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति तथा परिश्रमिक निर्धारण, नयाँ सञ्चालक समितिको निर्वाचन तथा पद हस्तान्तरणसम्बन्धी प्रस्तावहरू पनि सभाले निर्णय गर्ने प्रमुख एजेन्डा रहेका छन्।
कम्पनीका अनुसार पुस ११ गतेसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयरलगत प्रमाणित भएका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्। प्रोक्सी दिन चाहने शेयरधनीले कम्पनीको वेबसाइटमा उपलब्ध १३ अङ्कको आवेदन नम्बर प्रयोग गरी प्रोक्सी फारम डाउनलोड गरी आवश्यक विवरण भरी साधारण सभा सुरु हुनुभन्दा २४ घण्टा अगावै इमेल, व्हाट्सएप वा भाइबरमार्फत पठाउनु पर्नेछ। प्रतिनिधि प्रोक्सी व्यक्तिहरू स्वयं कम्पनीका शेयरधनी हुनु अनिवार्य हुनेछ।
एकभन्दा बढी व्यक्तिको नाममा शेयर दर्ता भएकामा सर्वसम्मत प्रतिनिधि वा लगत किताबमा पहिलो नाममा दर्ता व्यक्तिलाई मात्र सभामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
साथै, कुनै शेयरधनीले विविध शीर्षकअन्तर्गत छलफल गराउन चाहने विषयहरू भएमा सभा हुनु सात दिनअघि नै लिखित रूपमा सञ्चालक समितिका अध्यक्षसमक्ष प्रस्ताव पेस गर्नुपर्ने कम्पनीले जनाएको छ। साधारण सभा तथा सहभागितासम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइट वा contact@lakshyaholdings.com मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
