लक्ष्य होल्डिङ्गस् लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आगामी पुस १२ गते, शनिबार गर्ने भएको छ। २०८२ मङ्सिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको ५४औँ बैठकले पारित गरेको निर्णयअनुसार साधारण सभा ललितपुरको सातदोबाटोस्थित ललितपुर पार्टी प्यालेसमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, आषाढ ३२, २०८२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै स्वीकृत गरिनेछ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति तथा परिश्रमिक निर्धारण, नयाँ सञ्चालक समितिको निर्वाचन तथा पद हस्तान्तरणसम्बन्धी प्रस्तावहरू पनि सभाले निर्णय गर्ने प्रमुख एजेन्डा रहेका छन्।
कम्पनीका अनुसार पुस ११ गतेसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयरलगत प्रमाणित भएका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्। प्रोक्सी दिन चाहने शेयरधनीले कम्पनीको वेबसाइटमा उपलब्ध १३ अङ्कको आवेदन नम्बर प्रयोग गरी प्रोक्सी फारम डाउनलोड गरी आवश्यक विवरण भरी साधारण सभा सुरु हुनुभन्दा २४ घण्टा अगावै इमेल, व्हाट्सएप वा भाइबरमार्फत पठाउनु पर्नेछ। प्रतिनिधि प्रोक्सी व्यक्तिहरू स्वयं कम्पनीका शेयरधनी हुनु अनिवार्य हुनेछ।
एकभन्दा बढी व्यक्तिको नाममा शेयर दर्ता भएकामा सर्वसम्मत प्रतिनिधि वा लगत किताबमा पहिलो नाममा दर्ता व्यक्तिलाई मात्र सभामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
साथै, कुनै शेयरधनीले विविध शीर्षकअन्तर्गत छलफल गराउन चाहने विषयहरू भएमा सभा हुनु सात दिनअघि नै लिखित रूपमा सञ्चालक समितिका अध्यक्षसमक्ष प्रस्ताव पेस गर्नुपर्ने कम्पनीले जनाएको छ। साधारण सभा तथा सहभागितासम्बन्धी थप जानकारीका लागि कम्पनीको वेबसाइट वा contact@lakshyaholdings.com मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

एनसेल एप डाउनलोड गर्नेको संख्या १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रम सुरू
एनपीएल सिजन २ मा सहभागी हुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले नेपालपे कार्ड जारी गर्ने
हायात प्लेस बुटवलको औपचारिक उद्घाटन
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
इनड्राइभ प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण





