नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई विश्वास दिलाउने उद्देश्यले आफ्नो ‘फ्ल्यागशिप’मोडेलदिपल एस०७ आईसिएमा ‘बाईब्याक ग्यारेन्टी र ५ वर्षसम्म शुन्य खर्च’ स्किम पुनः सुरु गरेको छ ।
यो स्किमले दिपल एस०७ प्रति ग्राहकको आत्मविश्वास बढाउने, ‘रिसेल भ्यालु’को चिन्ता हटाउने र नेपालमा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई अझ सहज बनाउने एमएडब्लु वृद्धिको भनाइ छ ।
बाईब्याक ग्यारेन्टी कार्यक्रम अन्तर्गत दिपल एस०७ आईसिए खरिद गर्ने प्रत्येक ग्राहकले दोस्रो वर्षदेखि पाँच वर्षसम्म जुनसुकै समयमा एमएडब्लु ग्रुपबाटै पूर्व निर्धारित रिसेल मूल्य पाउने छन् । यो स्किमले इभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्नेछ ।
पाँचवर्षसम्म शुन्य खर्च
बाईब्याक एस्योरेन्सको साथै ग्राहकले पाँचवर्ष सम्म शुन्य खर्च लाग्ने बृहत कार्यक्रमको पनि उपभोगगर्न सक्ने छन् । यस अन्तर्गत ग्राहकले पाँचवर्ष सम्म ‘अटोप्लस इन्स्योरेन्स’, ‘पिरियोडिक मेन्टेनेन्स’, चार्जिंगमालाग्ने खर्च र ‘रोड ट्याक्स’को खर्च तिर्नुपर्ने छैन ।
आवश्यक सबै सेवाहरु उपलब्ध यो स्किम मार्फत ग्राहकले चिन्तामुक्त र निर्वाध इभी‘एक्सपिरियन्स’गर्न पाउनेछन् र यसले विश्वसनीयता र दीर्घकालिन सेवाप्रति एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई दर्शाउँछ ।
‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो इभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो । दिपल एस०७आईसिए आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘दिपलइभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराखून् भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो ।’
लक्जरी र प्रविधिको नयाँ मापदण्ड
एस०७आईसिएमा दिपल एपमा ग्राहकलाई कार सँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्यालखोल्न र बन्दगर्न, एसी कन्ट्रोलगर्न, चार्जिंगको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ ।साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एपकनेक्टिभिटी, एमेजनम्युजिक, स्पटिफाई र लाइभनेभिगेसनको समेत सुविधा रहेको छ ।
दिपल एस०७आईसीएमा आफ्नो ट्रेन्डसेटिंग डिजाइन र अत्याधुनिक प्रविधि मार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँमानक स्थापित गर्छ । यसको ‘टाइमलेस डिजाइन’र १० भन्दा बढी अझै पनिअन्य इभीमा नभएका ‘इन्डस्ट्री फर्स्ट’ फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै अब आईपीओ भर्न सकिने
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

-1769682233.jpg)
