नेपाली सिने क्षेत्रको उल्लेखनीय प्रस्तुति मानिएको फिल्म ‘परान’ विश्वका धेरै देशहरुमा अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको छ। यो फिल्मले अष्ट्रेलियाको बक्स अफिसमा मात्र ६० लाख नेरु भन्दा बढी कमाउन सफल भएको छ।
अष्ट्रेलियाली वितरण व्यवस्थापनका अनुसार अहिले अष्ट्रेलिया प्रतिष्ठित मल्टिप्लेक्सहरूमा दैनिक रूपमा प्रदर्शन भइरहेको छ। अष्ट्रेलियाका विभिन्न राज्य NSW, Victoria, ACT, Tasmania, Adelaide, Perth, Queensland र Darwin का धेरैजसो हलहरूमा ‘परान’ को शो जारी छ।
अष्ट्रेलियामा दर्शकहरूको उत्साह निरन्तर बढिरहेको बताउँदै आयोजक Namaste Entertainment Australia ले इच्छुक दर्शकहरूलाई हलको समयतालिका हेरी समयमा नै टिकट बुक गर्न आग्रह गरेको छ। ‘परान’ विश्वका विभिन्न मुलुकमा पनि अत्यन्त सफलतापूर्वक प्रदर्शन भइरहेको छ। उत्कृष्ट कथावस्तु, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकमाझ फिल्मले अपूर्व सकारात्मक प्रतिक्रिया बटुलेको छ।
‘परान’ अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि वर्षकै सफल नेपाली फिल्महरू मध्ये एकका रूपमा स्थापित बन्दै गएको छ। अहिलेसम्म अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, मध्यपूर्व, जापान, कोरिया, माल्टा, पोर्चुगल, फिनल्यान्ड र बेलायतमा दर्शकहरूको उत्साह, समर्थन र भरपूर प्रेमका कारण अतिरिक्त शो थप्ने मागसमेत बढ्दो रहेको वितरक 7Seas Cinema ले जनाएको छ।
फिल्मका लेखक तथा निर्देशक दीपक प्रसाद आचार्यले अन्तर्राष्ट्रिय दर्शकबाट प्राप्त समर्थनले हर्षित भएको बताउँदै सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मोटिफ एजुकेसन २० वर्षतर्फ: १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग
यसरी लिन सकिन्छ निर्वाचन मतपरिणामको जानकारी
एप्पलले सार्वजनिक गर्यो सस्तो ल्यापटप ‘म्याकबुक नियो’, कति छ मूल्य ?
‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौं’





-1773720653.jpg)
