सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा 'सिटिजन्स क्यूआर मर्चेन्ट लोन' योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रुपमा ऋण सुविधा उपलब्ध गराइनेछ ।
सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिनेछ । यस डिजिटल ऋण योजना अन्तर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ ।
योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। यो ऋण सुविधा अन्तर्गत न्यूनतम रु ५०,००० देखि अधिकतम रु ५,००,००० सम्म ऋण लिन सकिनेछ।
ऋण भुक्तानी मासिक किस्ता मार्फत गर्नुपर्नेछ बैंकले यो नयाँ डिजिटल ऋण सुविधा मार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाई उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले “क्यूआर मर्चेन्ट लोन” एउटा कोशेढुंगा भएको तथा यसले कर्जालाई सहज रूपमा ग्राहक र बैंकसँग जोड्ने बताए।
बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
एनसेल एप डाउनलोड गर्नेको संख्या १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रम सुरू
एनपीएल सिजन २ मा सहभागी हुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले नेपालपे कार्ड जारी गर्ने
हायात प्लेस बुटवलको औपचारिक उद्घाटन
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
लक्ष्य होल्डिङ्गसको चौथो वार्षिक साधारण सभा आगामी पुस १२ गते हुने
इनड्राइभ प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण





