सन् २०२६ को फेब्रुअरीमा काठमाडौंको ह्यात सेन्ट्रिक होलटमा विश्वभरिका अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रविधि विज्ञहरूको ठूलो सम्मेलन हुने भएको छ ।
रिसर्च एण्ड इन्नोभेसन सेन्टर नेपाल (RICON) र नेपाल इन्जिनियरिङ कलेजले आईईईई (IEEE) नेपाल च्याप्टर र आईईईई ई-फोटोनिक्स नान्जि च्याप्टरको प्राविधिक प्रायोजनमा आगामी फेब्रुअरी ११ देखि १४ सम्म सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (ICTP 2026) नेपालमा आयोजना हुने भएको हो ।
आइसिटीपी २०२६ ले विश्वका महत्वपूर्ण प्रतिस्पर्धी प्रविधिहरूमा सहकार्य, नवप्रवर्तन र अनुसन्धानलाई अझ मजबुत बनाउने आयोजकले जनाएको छ।
‘स्मार्ट र दिगो विश्वका लागि सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्सको उन्नति’ भन्ने मूल नारासहित हुने सम्मेलनमा अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा बहुआयामिक छलफल हुनेछ ।
सम्मेलनमा कोरिया, भारत, चीन, भियतनाम, लगायत देशका प्रमुख वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी हुनेछन् । फोटोनिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, कम्प्युटिङ, नवीकरणीय उर्जा, आइसिटी नीति, डिजिटल गभर्नेन्स र रोबोटिक्समा नवीनतम अनुसन्धान तथा प्रविधि अभिवृद्धिका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
आइसिटीपी सम्मेलनले ज्ञान आदान प्रदान गर्न र नेपालमा अनुसन्धानको संस्कृत बसाल्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सम्मेलनमा प्रस्तुत गर्ने कार्यपत्र कार्यपत्र प्रस्तुत गर्न चाहनेले फोटोनिक्स एप्लिकेसन्स, कृत्रिम बुद्धिमत्ता र मेशिन लर्निङ, नवीकरणीय ऊर्जा र हरित कम्प्युटिङ, सूचना तथा सञ्चार प्रविधि नीति र डिजिटल गभर्नेन्स विषयमा हुनुपर्नेछ । यही नोभेम्बर ३० सम्म कार्यपत्र पठाउन सकिने छ ।
यदी रिभ्युअर समितिबाट कार्यपत्र स्वीकृत भएमा सम्मेलनमा प्रस्तुत गर्न सकिने छ । यस आइसिटीपी २०२६ सम्मेलन बारे थप जानकारी लिन, कार्यपत्र पठाउन र सहभागीताका लागि नाम दर्ता गर्न riconictp.org मा जान सकिने छ । सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित समेत हुनेछ ।
सम्मेलन हुनुभन्दा अगाडि अनुसन्धानमा ख्याति कमाएको संस्था कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (कायस्ट) ले नेपालमा वर्कशप समेत सञ्चालन गर्नेछ ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
