सन् २०२६ को फेब्रुअरीमा काठमाडौंको ह्यात सेन्ट्रिक होलटमा विश्वभरिका अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रविधि विज्ञहरूको ठूलो सम्मेलन हुने भएको छ ।
रिसर्च एण्ड इन्नोभेसन सेन्टर नेपाल (RICON) र नेपाल इन्जिनियरिङ कलेजले आईईईई (IEEE) नेपाल च्याप्टर र आईईईई ई-फोटोनिक्स नान्जि च्याप्टरको प्राविधिक प्रायोजनमा आगामी फेब्रुअरी ११ देखि १४ सम्म सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (ICTP 2026) नेपालमा आयोजना हुने भएको हो ।
आइसिटीपी २०२६ ले विश्वका महत्वपूर्ण प्रतिस्पर्धी प्रविधिहरूमा सहकार्य, नवप्रवर्तन र अनुसन्धानलाई अझ मजबुत बनाउने आयोजकले जनाएको छ।
‘स्मार्ट र दिगो विश्वका लागि सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्सको उन्नति’ भन्ने मूल नारासहित हुने सम्मेलनमा अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा बहुआयामिक छलफल हुनेछ ।
सम्मेलनमा कोरिया, भारत, चीन, भियतनाम, लगायत देशका प्रमुख वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी हुनेछन् । फोटोनिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, कम्प्युटिङ, नवीकरणीय उर्जा, आइसिटी नीति, डिजिटल गभर्नेन्स र रोबोटिक्समा नवीनतम अनुसन्धान तथा प्रविधि अभिवृद्धिका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
आइसिटीपी सम्मेलनले ज्ञान आदान प्रदान गर्न र नेपालमा अनुसन्धानको संस्कृत बसाल्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
सम्मेलनमा प्रस्तुत गर्ने कार्यपत्र कार्यपत्र प्रस्तुत गर्न चाहनेले फोटोनिक्स एप्लिकेसन्स, कृत्रिम बुद्धिमत्ता र मेशिन लर्निङ, नवीकरणीय ऊर्जा र हरित कम्प्युटिङ, सूचना तथा सञ्चार प्रविधि नीति र डिजिटल गभर्नेन्स विषयमा हुनुपर्नेछ । यही नोभेम्बर ३० सम्म कार्यपत्र पठाउन सकिने छ ।
यदी रिभ्युअर समितिबाट कार्यपत्र स्वीकृत भएमा सम्मेलनमा प्रस्तुत गर्न सकिने छ । यस आइसिटीपी २०२६ सम्मेलन बारे थप जानकारी लिन, कार्यपत्र पठाउन र सहभागीताका लागि नाम दर्ता गर्न riconictp.org मा जान सकिने छ । सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित समेत हुनेछ ।
सम्मेलन हुनुभन्दा अगाडि अनुसन्धानमा ख्याति कमाएको संस्था कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (कायस्ट) ले नेपालमा वर्कशप समेत सञ्चालन गर्नेछ ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)