दशौं संस्करणको ‘आइसिटी अवार्ड २०२५’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ घोषणा गरिएको हो ।
यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रुपमा पुष पहिलो साता दशौ संस्करणको आइसिटी अवार्ड हुदैछ ।
उत्कृष्ट ५ छनौटका लागि कात्तिक २९ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरूले १४ जना विज्ञ जुरी समक्ष आफ्नो स्टार्टअप, इन्नोभेसन र परियोजना बारे प्रस्तुती दिएका थिए भने स्पिड डेटिङमा पनि सहभागी भएका थिए ।
ग्राण्ड जुरीसहित आइसिटी अवार्डका विभिन्न प्रि-इभेन्टलाई समेटेर मंसिर ४ गतेदेखि हिमालयन टेलिभिजन एचडीमा विशेष टेलिभिजन शो समेत प्रसारण भइरहेको छ । प्रत्येक हप्ताको बुधबार साँझ ९ बजेदेखि १० बजेसम्म शो प्रसारण हुन्छ । विशेष टेलिभिजन शो ५ एपिसोडमा प्रसारण हुनेछ ।
स्टार्टअप आइसिटी अवार्ड २०२५ विधामा उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा आर्कबो टेक्नोलोजीज प्रालि, फास्टो नेपाल प्रालि, म्याक ट्वान्टी फोर अर्बिटल्स प्रालि, सिंक टेक्नोलोजी एण्ड सप्लायर्स प्रालि र ट्रिप टर्बो प्रालि रहेका छन् ।
यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२५ विधामा आएल्स प्लस, आईफाभेन्ड, माई क्युआर, क्विक सीसीए, वायुदृष्टि उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५ विधाका उत्कृष्ट ५ मा कानुन एआई, माइन्ड ब्रिज, स्केलिङ स्मार्टर, स्पिनोभेट र भक्स भिजन रहेका छन् ।
साथै सोसल इन्नोभेसन विधामा दास्ता, हाम्रो हेल्थ स्कुल, कताहो, आईडीएमएस र शालिक उत्कृष्ट ५ मा परेका छन् । आइसिटी अवार्ड २०२५ का यी ४ विधाहरुमा ४०० बढीको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा उत्कृस्ट १२ सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो ।
सेमिफाइनलिष्टहरूले ट्रेनिङ, मेन्टरिङ, इन्डष्ट्री भिजिट र गत कात्तिक २७ र २८ गते भएको सनवे स्टार्टअप आईडिया फेस्ट २०२५ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ । ‘हाम्रो पे’ मार्फत मन पर्ने स्टार्टअप, प्रडक्ट र इन्नोभेसनलाइ भोट गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटिङका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ ।
साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५ मा सहभागी हुन पाउने छन् । यस विधाका लागि ‘हाम्रो पे’बाटै आफुलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ ।
आइसिटी अवार्ड नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको लोकप्रिय र प्रतिष्ठित कार्यक्रम हो । १० वर्ष अघि सुरू भएको आइसिटी अवार्डले यस वर्ष विभिन्न १५ विधामा पुरस्कार प्रदान गर्दैछ ।
यस वर्ष आइसिटी अवार्डलाई इन्ड्राइभले शीर्ष प्रायोजन गरेको छ भने इन एशोशिएसन विथमा नेपाल पे क्युआर र टिङटिङ तथा पावर्ड बाईमा सस्तो टिकेट्स रहेका छन् ।
अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरणसहित विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय संस्थाहरुको सहकार्य रहेको छ ।
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मोटिफ एजुकेसन २० वर्षतर्फ: १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग
यसरी लिन सकिन्छ निर्वाचन मतपरिणामको जानकारी
एप्पलले सार्वजनिक गर्यो सस्तो ल्यापटप ‘म्याकबुक नियो’, कति छ मूल्य ?
‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौं’





-1773720653.jpg)
