प्रेरणादायी म्युजिक भिडियो ‘परिवर्तन सम्भव छ ! (A Voice of Change)’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आशा, सत्यनिष्ठा, सुशासन र राष्ट्रिय चेतनाको सन्देश बोकेको यस गीतले युवापुस्तालाई सकारात्मक परिवर्तनका लागि एकजुट हुन आह्वान गर्छ।
चिनारीले निर्माण गरेको यस भिडियोमा गीतका शब्द र संगीत विक्रम राजवंशीले तयार पारेका हुन् भने नेहा श्रेष्ठले स्वर दिएका छन्।
भिडियोले भ्रष्टाचारविरुद्ध आवाज उठाउने, सुशासनको माग गर्ने र जिम्मेवार नेतृत्वको आवश्यकता जोडिने युवापुस्ताको अभियानलाई साथ दिएको छ। गीतमा “परिवर्तन सम्भव छ, हामी जुटौं, हामी एक हौं” जस्ता पंक्तिहरूले सामूहिक चेतना र जागरणको सन्देशलाई बलियो बनाउँछन्।
समग्रमा, यो म्युजिक भिडियोले सुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण नागरिकताको पक्षमा जेनजी (Gen Z) पुस्ताको आवाजलाई कलात्मक तर शक्तिशाली ढंगले अभिव्यक्त गरेको छ।
‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल, अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ
गलेश्वर आश्रमले आयोजना गर्ने लक्ष चण्डी महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
नेपाली लेखकको अङ्ग्रेजी उपन्यास ‘द स्नेल पिकर’ प्रकाशित
सोमबार चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा विशेष महाआरती, टिकट शुल्कमा छुट
‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ पुस्तक विमोचन





