नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत अमेरिकाले थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।
यससँगै सम्झौता रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करीब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । कुल रकममध्ये अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहनेछ ।
थप प्राप्त रकमले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणलाई गति दिने, मुलुकको ऊर्जा प्रणालीलाई सुदृढ गर्ने र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । ऊर्जा ग्रिडको विश्वसनीयता तथा बजार पहुँच सुधार गर्दै अन्तरराष्ट्रिय ‘कनेक्टिभिटी’ मजबुत बनाउने परियोजनाको लक्ष्य छ ।
अमेरिकी दूतावासका अनुसार, यो परियोजनाले नेपालमा अमेरिकी प्रविधि र कम्पनीहरूको प्रवेश अवसर विस्तार गर्नेछ । दूतावासले एमसीसीमार्फत प्राप्त सहयोगले अमेरिका–नेपालबीचको चिरस्थायी साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
