एचपी ल्युब्रिकेन्ट्सको नेपालका लागि आधिकारि वितरक एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स नेपाल प्रिमियर लिग (NPL) सिजन २ को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बन्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा भएको सम्झौतामा एचपी ल्युब्रिकेन्ट्सका कार्यकारी निर्देशक अंकुर खनाल र महाप्रबन्धक प्रियदर्शी राय तथा क्यानका सचिव पारस खड्का बीच हस्ताक्षर भएको हो।
यस साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र — क्रिकेट र इञ्जिन ल्युब्रिकेसन — लाई एकसाथ ल्याएको छ । क्रिकेट निरन्तरता, धैर्य, शक्ति र सन्तुलनमा आधारित खेल हो, जुन एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन ‘Power to Perform’ सँग उत्तिकै मेल खान्छ।
एमएडब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालको बढ्दो क्रिकेट विकासयात्रालाई समर्थन गर्न पाएकोमा खुशी व्यक्त गरेको छ। एनपीएलले उदाउँदो प्रतिभालाई राष्ट्रिय स्तरमा देखाउने र देशभरका दर्शकलाई आकर्षित गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्छ। नेपालमा उच्च–गुणस्तरीय ल्युब्रिकेसन समाधानका लागि विश्वसनीय साझेदारका रूपमा, एचपी ल्युब्रिकेन्ट्सले खेलाडी तथा उपभोक्ता दुवैमा जोस, प्रदर्शन र प्रेरणा जगाउने लक्ष्य राख्दछ।
‘यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो,’ एम.ए.डब्ल्युका प्रतिनिधिहरूले कार्यक्रममा भने, ‘जसरी एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौं।’
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






