दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेल ओटीटी प्लेटफर्म डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ।
आगामी १ देखि २७ मङ्सिरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई ओटीटी प्रशारण अधिकार प्रदान गरेको छ । दर्शकहरूले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ ।
क्यानले तोकेको मूल्य अनुसार, एनपीएलको दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३०० रुपैयाँ, मिडल इस्टका दर्शकले ५०० रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटबाट लाईभ खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिनेछ । दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा भने प्रत्यक्ष प्रसारण नहुने भएको छ।
डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर सजिलै भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन् । साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ ।
प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केहि दिनमा लाइभ हुने कम्पनीले जनाएको छ।
उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ। मोबायोटिक्सले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा बंगलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी बंगलादेशी दर्शकले सहज रूपमा हेरेका थिए ।
त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएल को डिजिटल प्रसारणका लागि ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको छ ।
एनपीएल सिजन २ मा सहभागी हुन नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिस
एनपीएलको आधिकारिक ल्युब्रिकेन्ट पार्टनरमा एचपी ल्युब्रिकेन्ट्स
एनपीएलको टिकट बिक्री खुला, यस्तो छ टिकट दर
प्यारी एजुकेशनद्वारा ‘नयाँ पाइला रन’ आयोजना, देशभरका युवालाई स्वास्थ्य शिक्षा सशक्तिकरणको लक्ष्य
रोबिन सिंह लुम्बिनी लायन्सको ‘मेन्टर’ नियुक्त
लुम्बिनी लायन्स एन्थम सार्वजनिक





