सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ ।
सुरुआतमा सानो स्टार्टअपका रूपमा सुरु भएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले नेपालभरका थुप्रै ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्रान्डको रूपमा आफूलाई स्थापित गराइसकेको छ ।
हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलका हजारौँ रेस्टुरेन्टसँग साझेदारी गरी धेरै डेलिभरी राइडरहरूका लागि रोजगारीको अवसर समेत सिर्जना गरेको छ ।
वार्षिकोत्सवको अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “पन्ध्र वर्षअघि ग्राहकलाई घरमै मनपर्ने खाना सजिलै पाउने सोचका साथ हामीले फुडमाण्डुको सुरुआत गरेका थियौं । आज हामीले पाएको सफलता हाम्रो लागि गर्वको विषय हो । फुडमाण्डुले ग्राहकहरूको खाना अर्डर गर्ने तरिका मात्र परिवर्तन गरेको छैन, रेस्टुरेन्टहरूलाई थप ग्राहकसम्म पुग्न र व्यवसाय बढाउन पनि सहयोग पु¥याएको छ ।” उनका अनुसार यो उपलब्धि फुडमाण्डुका रेस्टुरेन्ट पार्टनर्स, समर्पित राइडरहरू र सन्तुष्ट ग्राहकहरूकै कारण सम्भव भएको हो ।
कम्पनीले अझ बढी रेस्टुरेन्टहरू जोड्ने, भरपर्दो डेलिभरी सेवा दिने, अर्डर प्रक्रिया सजिलो बनाउने र नेपालीदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध परिकार उपलब्ध गराउने लक्ष्य राखेको छ ।
फुडमाण्डुकी ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन, “हाम्रो लागि यो १५ वर्षे यात्रा अविस्मरणीय रह्यो । हामी पहिलो दिनजस्तै उत्साहका साथ ‘खानासँगै खुसी’ डेलिभरी गर्ने प्रतिबद्धतामा निरन्तर काम गरिरहेका छौं ।”
१५औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले कात्तिक २५ देखि मंसिर १४ गतेसम्म विशेष अफर ल्याएको छ । यस अन्तर्गत काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टहरूमा विभिन्न परिकारमा छुट उपलब्ध हुनेछ ।
हाल फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलमा सेवा दिइरहेको छ । साथै, फुडमाण्डु वनमार्टमार्फत दैनिक उपभोग्य सामग्रीको तत्काल डेलिभरी सेवा पनि प्रदान गर्दै आएको छ ।
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
