यौन तथा प्रजनन स्वास्थ्य शिक्षालाई सृजनात्मक रूपमा रूपान्तरण गर्ने संस्थाका रूपमा परिचित प्यारी एजुकेशनले आगामी नोभेम्बर १५ शनिबारका दिन ‘नयाँ पाइला रन’ कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त रन कार्यक्रम अर्थ रन क्लबसँगको सहकार्यमा हुनेछ ।
प्यारी एजुकेशनले सन् २०२४ देखि हालसम्म २५ भन्दा बढी विद्यालय र सामुदायिक कार्यक्रम सञ्चालन गर्दै १,८०० भन्दा बढी विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य (SRH) सम्बन्धी शिक्षामा समावेश गरिसकेको छ। यसका साथै २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेको संस्थाले जनाएको छ।
‘नयाँ पाइला’ प्यारी एजुकेशनको एक पायलट पहल हो, जसअन्तर्गत देशभरका विद्यालयहरूमा प्रमाणमा आधारित, समावेशी र वैज्ञानिक यौन तथा प्रजनन स्वास्थ्य शिक्षा पुर्याउने उद्देश्य राखिएको छ।
नोभेम्बर १५ मा हुने ‘नयाँ पाइला रन’बाट संकलित सम्पूर्ण रकम उक्त पहलका लागि खर्च गरिनेछ । सो रकमले नेपालभरका विद्यालयहरूमा १० हजारभन्दा बढी युवा विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य, मानसिक सुस्वास्थ्य र व्यक्तिगत सुरक्षासम्बन्धी शिक्षामा सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रनको विवरण
• सुरुआत र अन्त्य बिन्दु: पाटन दरबार स्क्वायर
• मिति: १५ नोभेम्बर २०२५
• समय: बिहान ५:३० बजे
• दूरी: ५ किलोमिटर र १० किलोमिटर
• शुल्क: क्रमशः रु. ८०० र रु. १०००
दर्ता हालै खुला गरिएको छ र स्थानहरू छिट्टै भरिँदै गएको आयोजकले जनाएको छ। साथै, संस्थागत टोली (Corporate Teams) का लागि विशेष छुटको व्यवस्था पनि गरिएको छ।
भाग लिन इच्छुकहरूले ईसेवा मार्फत अनलाइन दर्ता गर्न सक्नेछन् वा प्यारी एजुकेशन तथा अर्था रन क्लबका सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सक्नेछन्। साथै नोभेम्बर १३ र १४ का दिन सानेपास्थित इन्टरनेशनल क्लबमा दिउँसो १२ देखि बेलुकी ८ बजेसम्म प्रत्यक्ष रूपमा दर्ता गर्न सकिनेछ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)