यस एन आई सी एशिया बैंक लिमिटेडको मिति २०८२÷०७÷१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यज्यूले आज मिति २०८२÷०७÷२० मा आफ्नो पदभार ग्रहण गरेका छन् ।
झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका श्री शाक्यज्यू भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको छ ।
सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरु गर्नु भएका श्री शाक्यज्यूले हिमालयन बैंक लि., तत्कालिन लक्ष्मी बैंक लि. हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपाल लि.मा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
तत्कालिन बैंक अफ एशिया नेपाल लि. र एन आई सी बैंक लि.को मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रमुख कार्यकारी अधिकृत शाक्यज्यूले मर्जरपछि बनेको एन आई सी एशिया बैंक लि.मा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तत्कालिन सिभिल बैंक लि., तत्कालिन जनता बैंक लि., ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मोटिफ एजुकेसन २० वर्षतर्फ: १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग
यसरी लिन सकिन्छ निर्वाचन मतपरिणामको जानकारी
एप्पलले सार्वजनिक गर्यो सस्तो ल्यापटप ‘म्याकबुक नियो’, कति छ मूल्य ?
‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौं’





-1773720653.jpg)
