यस एन आई सी एशिया बैंक लिमिटेडको मिति २०८२÷०७÷१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यज्यूले आज मिति २०८२÷०७÷२० मा आफ्नो पदभार ग्रहण गरेका छन् ।
झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पु¥याउँदै आउनुभएका श्री शाक्यज्यू भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको छ ।
सन् १९९६ देखि तत्कालिन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरु गर्नु भएका श्री शाक्यज्यूले हिमालयन बैंक लि., तत्कालिन लक्ष्मी बैंक लि. हुँदै सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपाल लि.मा बिजनेस बैंकिङ्ग प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।
तत्कालिन बैंक अफ एशिया नेपाल लि. र एन आई सी बैंक लि.को मर्जर प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रमुख कार्यकारी अधिकृत शाक्यज्यूले मर्जरपछि बनेको एन आई सी एशिया बैंक लि.मा सहायक महाप्रबन्धकको रुपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तत्कालिन सिभिल बैंक लि., तत्कालिन जनता बैंक लि., ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिसकेका शाक्य प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
