नेपालबाट पहिलो पटक अमेरिकामा फ्रोजन फ्रेन्च फ्राइ निर्यात भएको छ ।
आज भैरहवा भन्सार कार्यालयबाट नेपाली उत्पादन फ्रोजन फ्रेन्च फ्राइ अमेरिका निर्यात भएको हो । रुपन्देहीमा रहेको फर्स्ट च्वाइस फुड्सबाट उत्पादित फ्रोजन फ्रेन्च फ्राइ अमेरिका निर्यात भएको छ ।
भन्सार कार्यालयका अनुसार ५४ लाख ८८ हजार १५८ रुपैयाँको ४३ हजार ५२० किलोग्राम फ्रेन्च फ्राइ निर्यात भएको छ ।
रूपन्देहीका व्यवसायी कृष्ण पौडेलले सञ्चालमा ल्याएको क्वालिटि फुड प्रोडक्टस अन्तर्गतको फस्ट च्वाईस फुड लिमिटेडबाट उत्पादित फ्रेन्च फ्राई भैरहवा भन्सारबाट कलकत्ता बन्दरगाह हुँदै अमेरिकाका निर्यात भएको छ ।
यो निर्यातले नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिष्पर्धात्मक बजारमा प्रवेश पाएकोमा नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्दमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)