नेपालबाट पहिलो पटक अमेरिकामा फ्रोजन फ्रेन्च फ्राइ निर्यात भएको छ ।
आज भैरहवा भन्सार कार्यालयबाट नेपाली उत्पादन फ्रोजन फ्रेन्च फ्राइ अमेरिका निर्यात भएको हो । रुपन्देहीमा रहेको फर्स्ट च्वाइस फुड्सबाट उत्पादित फ्रोजन फ्रेन्च फ्राइ अमेरिका निर्यात भएको छ ।
भन्सार कार्यालयका अनुसार ५४ लाख ८८ हजार १५८ रुपैयाँको ४३ हजार ५२० किलोग्राम फ्रेन्च फ्राइ निर्यात भएको छ ।
रूपन्देहीका व्यवसायी कृष्ण पौडेलले सञ्चालमा ल्याएको क्वालिटि फुड प्रोडक्टस अन्तर्गतको फस्ट च्वाईस फुड लिमिटेडबाट उत्पादित फ्रेन्च फ्राई भैरहवा भन्सारबाट कलकत्ता बन्दरगाह हुँदै अमेरिकाका निर्यात भएको छ ।
यो निर्यातले नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिष्पर्धात्मक बजारमा प्रवेश पाएकोमा नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्दमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
