दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक एकाइ दराज एक्सप्रेस (डीईएक्स) मार्फत गैर-प्लेटफर्म ब्रान्ड र विक्रेताहरूलाई लक्षित गरी नयाँ सुविधा ‘लास्ट-माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ। यो नयाँ सेवा दराजको प्लेटफर्ममा नभए पनि आफ्ना उत्पादन बिक्री गर्ने व्यवसायहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानको रूपमा आएको हो।
कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट-प्लानिङ र रियल-टाइम पार्सल ट्र्याकिङ प्रविधि प्रयोग गरेर डीईएक्स ले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर-सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता राख्छ।
यसले औसत डेलिभरी समयलाई १.५ दिनभन्दा कममा झारेको छ। हालसम्म १०८ प्रमुख सहरमा सेवा विस्तार गरिसकेको डीईएक्स ले आगामी ११.११ अभियानअघि थप ७० सहरमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।
यस समाधान अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास-अन-डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ, जसले नगद प्रवाहमा सहजता ल्याउनेछ। साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्थाले व्यवसायीहरूको जोखिम घटाउने लक्ष्य लिइएको छ। यो पहलले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच दिन सहयोग पुर्याउने कम्पनीले विश्वास लिएको छ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






