दक्षिण एसियाको अग्रणी ई-कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक एकाइ दराज एक्सप्रेस (डीईएक्स) मार्फत गैर-प्लेटफर्म ब्रान्ड र विक्रेताहरूलाई लक्षित गरी नयाँ सुविधा ‘लास्ट-माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ। यो नयाँ सेवा दराजको प्लेटफर्ममा नभए पनि आफ्ना उत्पादन बिक्री गर्ने व्यवसायहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानको रूपमा आएको हो।
कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट-प्लानिङ र रियल-टाइम पार्सल ट्र्याकिङ प्रविधि प्रयोग गरेर डीईएक्स ले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर-सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता राख्छ।
यसले औसत डेलिभरी समयलाई १.५ दिनभन्दा कममा झारेको छ। हालसम्म १०८ प्रमुख सहरमा सेवा विस्तार गरिसकेको डीईएक्स ले आगामी ११.११ अभियानअघि थप ७० सहरमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।
यस समाधान अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास-अन-डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ, जसले नगद प्रवाहमा सहजता ल्याउनेछ। साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्थाले व्यवसायीहरूको जोखिम घटाउने लक्ष्य लिइएको छ। यो पहलले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच दिन सहयोग पुर्याउने कम्पनीले विश्वास लिएको छ।
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै अब आईपीओ भर्न सकिने
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

-1769682233.jpg)
