बजार मूल्य ५ ट्रिलियन अमेरिकी डलर पुग्ने एनभिडिया विश्वकै पहिलो सार्वजनिक कम्पनी बनेको छ । बुधबार कम्पनीको सेयर मूल्य ५.६ प्रतिशतले वृद्धि भएसँगै एनभीडीयाले नयाँ कीर्तिमानी कायम गरेको हो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग एनभिडियाका ब्ल्याकवेल चिप्सबारे छलफल गर्ने बताएका समाचार बाहिर आएपछि लगानीकर्तामा उत्साह बढेको हो ।
मंगलबार एनभिडिया प्रमुख कार्यकारी जेन्सेन हुआङले कम्पनीले करिब ५०० अर्ब डलर बराबरका एआई चिप बिक्री गर्ने अपेक्षा गरेको बताएका थिए । साथै, कम्पनीले अमेरिकामा सुरक्षा, ऊर्जा र विज्ञानजस्ता क्षेत्रमा प्रयोग हुने सात नयाँ सुपरकम्प्युटर निर्माण गरिरहेको उनले बताए । यी सुपरकम्प्युटरहरूमा हजारौं एनभिडियाका जीपीयु प्रयोग हुनेछन्।
त्यसैगरी, एनभिडियाले हालै १ अर्ब डलर नोकियामा लगानी गरेको छ र कम्पनीका केही उत्पादनहरू प्रयोग गरेर एआई नेटिभ फाइभजी एडभान्स र सिक्सजी विकास गर्न दूरसञ्चार सेवाप्रदायकहरूलाई सहयोग गर्ने जनाएको छ ।
केवल तीन महिनाअघि ४ ट्रिलियन डलरको सीमा पार गरेको एनभिडियाको सेयर मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)