नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो । सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आ.व. २०८१÷८२ को असार मसान्त सम्ममा कुल बीमा शुल्कको हिसाबले २७% भन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ ।
कम्पनीको सोल्भेन्सी अनुपात १५०.४०% रहेको छ जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो । कम्पनीले करिब ९४% लगानीे स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्त सम्ममा औसत १०.०२% प्रतिफल प्रदान गरेको छ । आ.व. २०८०÷८१ मा कम्पनीले रू. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८% प्रतिफल रहेको थियो।
नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ । जीवन बीमा क्षेत्रको अनुभवी संचालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वबाट कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ । यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ ।
कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पु¥याएको छ । साथै, आ.व.२०८१÷८२ को असार मसान्त सम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकार अनुसार पर्याप्त छ । त्यस्त,ै कम्पनीको २३३ अर्ब भन्दा माथिको जीवन बीमा कोष र २४० अर्ब भन्दा माथिको लगानी रहेको छ । कम्पनीले असार मसान्त सम्ममा ६७ अर्ब भन्दा माथिको दावी भुक्तानी गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा कम्पनीलाई यस रेटिङ प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिए । साथै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउनका निम्ति जोखिम न्यूनीकरणका उपकरणहरूको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको बताए ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)